IME Life New

कहिले सुरु हुन्छ बीमकको दाबी भुक्तानी क्षमताको रेटिङ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीहरुको वित्तीय सबलतासम्बन्धी मूल्यांकन सेवा स्वदेशी वित्तीय बजारमा चल्दै आए पनि दाबी भुक्तानी क्षमता मापनसँग सम्बन्धित इन्सुरर रेटिङ अझैसम्म सुरु हुन सकेको छैन।

धितोपत्र बोर्ड नेपाल(सेबोन)बाट इजाजत प्राप्त तीनवटै रेटिङ एजेन्सीहरु केयर रेटिङ्स नेपाल, इक्रा नेपाल र इन्फोमेरिक्स नेपाल यो सेवा सुरु गर्ने घोषणा गरे पनि अझैसम्म सुरु गरेका छैनन्। तीनवटै एजेन्सीले बीमकको रेटिङ सेवाअन्तर्गत प्रस्तावित सेवा र रेटिङ प्रक्रियाका विषयमा संक्षिप्त विवरण उल्लेख गरेको छ।

Esewa
Crest

रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले आफ्नो वेबसाइटमा प्रस्तावित सेवाअन्तर्गत बीमकको दाबी भुक्तानी क्षमता, वित्तीय सबलता रेटिङ मापन सम्बन्धमा आफूहरुसँग सघन विधि भएको उल्लेख गरेको छ। यो रेटिङ प्रक्रियाले गुणात्मक पक्षहरुमध्ये बीमकको व्यावसायिक आधार, प्रतिस्पर्धी क्षमता, व्यवस्थापन, शेयर संरचना, बीमा नियमन, जोखिमांकन र लगानी रणनीतिको विश्लेषणलाई समेट्छ।

यसैगरी संख्यात्मक तत्वहरुमा जोखिम स्वीकारेको, सम्पत्तिको गुणस्तर, नाफापन, तरलता, सोल्भेन्सी, सम्पत्ति दायित्व व्यवस्थापन विधिको विषयमा अध्ययन गर्छ।

इक्रा नेपालले बीमकको दाबी भुक्तानी क्षमता रेटिङले बीमकले बीमितको दाबीलाई सम्बोधन गर्न सक्ने र वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमतासँग सम्बन्धित रहेको उल्लेख गरेको छ। यस्तो रेटिङले दाबी भुक्तानी क्षमता रेटिङले बीमितको दृष्टीकोणबाट इक्रा नेपालको रायलाई जनाउने जनाएको छ।

नियमनमुक्त भएपछि नयाँ खेलाडी र उत्पादनहरु बजारमा प्रवेश गर्दा घरेलु बीमा क्षेत्रमा एउटा नयाँ परिवर्तन आउने अपेक्षा गरिएको छ।

यो पृष्ठभूमिमा दाबी भुक्तानी रेटिङले बीमक र बीमालेख छनौटका लागि बीमितको छनौटलाई प्रभाव पार्ने एउटा महत्वपूर्ण इनपुट हुनेछ।

इक्रा नेपालको रेटिङ प्रक्रियाले बीमकको व्यावसायिक आधार, प्रतिस्पर्धी अवस्था बीमकको फ्रेन्चाइज भ्यालु, व्यवस्थापन, संगठनात्मक संरचना, जोखिमांकन र लगानी रणनीति। यसबाहेक नाफादर, तरलता, सञ्चालन र वित्तीय लिभरेज, पुँजी पर्याप्तता, सम्पत्ति दायित्व व्यवस्थापन विधिको विषयमा पनि अध्ययन गर्छ।

इजाजत प्राप्त तीनमध्ये पुराना दुई रेटिङ एजेन्सीले नियामकीय स्वीकृति लिएर सेवा सुरु गर्ने घोषणा गरेको ३ वर्षभन्दा बढी बितिसकेको छ। केही वर्ष अघिमात्रै सञ्चालनमा आएको कान्छो रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले यो सेवा सुरु गर्ने घोषणा गरे पनि अहिलेसम्म नियामकीय स्वीकृति नै पाएको छैन।

बीमा कम्पनीको रेटिङसँग सम्बन्धित भएकाले सर्वप्रथम नेपाल बीमा प्राधिकरणसँग पूर्वस्वीकृति लिनुपर्नेछ। प्राधिकरणबाट स्वीकृति प्राप्त गरिसकेपछि सेबोनबाट स्वीकृति लिएरमात्र बीमा कम्पनीको रेटिङ सेवा सुरु गर्न सक्नेछन्।

तीनवटै रेटिङ एजेन्सीले नियामकीय स्वीकृति प्राप्तिपछि यस्तो सेवा सुरु गर्ने बताए पनि कुनै एकले पनि सेवा सुरु गर्न सकेका छैनन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS