IME Life New

व्यापार घाटा साढे १०%ले बढ्दा आयात-निर्यातको अवस्था कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुलुकको व्यापार घाटा साढे १० प्रतिशतले बढेको छ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मंसिरसम्मको तथ्यांकबाट यस्तो देखिएको हो। समीक्षा अवधिसम्म मुलुकको व्यापार घाटाको आकार ६ खर्ब ४९ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को मंसिरसम्म व्यापार घाटा ५ खर्ब ८७ अर्ब ८२ करोड रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा व्यापार घाटा १०.५२ प्रतिशतले बढेको छ।

Esewa
Crest

यसैगरी चालु वर्षको मंसिरसम्म ७ खर्ब ६६ अर्ब १८ करोड रुपैयाँबराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म ६ खर्ब ६१ अर्ब ४८ करोड रुपैयाँबराबरको वस्तु आयात भएको थियो। अघिल्लो वर्षको तुलनामा वस्तु आयात १५.८३ प्रतिशतले बढेको छ।

मंसिरसम्म मुलुकबाट १ खर्ब १६ अर्ब ५० करोड रुपैयाँबराबरको वस्तु निर्यात भएको छ। अघिल्लो वर्ष मंसिरसम्म ७३ अर्ब ६५ करोड रुपैयाँबराबरको वस्तु निर्यात भएको थियो। अघिल्लो वर्षको तुलनामा वस्तु निर्यात ५८.१७ प्रतिशतले बढेको छ।

मुलुकको कुल वैदेशिक व्यापार २०.०७ प्रतिशतले बढेर ८ खर्ब ८२ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS