IME Life New

विलासिला शुल्क लगाउने आधार र दरसम्बन्धी कस्तो छ व्यवस्था ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आन्तरिक राजस्व विभागले विलासिता शुल्कसम्बन्धी कार्यविधि, २०८२ तयार गरी लागू गरेको छ।

विभागले आर्थिक ऐन, २०८२ को दफा १७ मा रहेको पाँचतारे र सोभन्दा माथिका तारे होटल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवा, आयातित मदिरा, सुन तथा सुनका गरगहना कारोबारमा विलासिता शुल्क लाग्ने व्यवस्थालाई कार्यान्वयन गर्न यो कार्यविधि लागू गरेको हो।

Esewa
Crest

विभागले विलासिता शुल्क लगाउने आधार र दरबारे कार्यविधिमा स्पष्ट व्यवस्था गरेको छ। पाँचतारे र सोभन्दा माथिका तारे होटल तथा लक्जरी रिसोर्टले सेवा प्रदान गरेको बखत सेवाबापत असुल हुने मूल्य अभिवृद्धि करअघिको मूल्यमा २ प्रतिशतका दरले शुल्क लगाई असुल गर्नुपर्ने व्यवस्था कार्यविधिमा गरिएको छ।

यसैगरी कार्यविधिमा नेपालमा पैठारी हुने महिराको मूल्य अभिवृद्धि करअघिको मूल्यमा पैठारीका बखत सम्बन्धित भन्सार कार्यालयले भन्सार विन्दुमा २ प्रतिशतका दरले शुल्क लगाई असुल गर्नुपर्ने व्यवस्था गरिएको छ।

सुन वा सुनको गरगहना बिक्रेताले बिक्रीका बखत मूल्यको २ प्रतिशतका दरले शुल्क लगाई असुल गर्नुपर्ने व्यवस्था पनि कार्यविधिमा गरिएको छ। तर, व्यवसायबाट व्यवसायलाई व्यावासयिक प्रयोजनका लागि गरिने तथा सर्वसाधारणबाट व्यवसायलाई गरिने सुन तथा सुनका गरगहनाको बिक्रीमा विलासिता शुल्क नलाग्ने कार्यविधिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS