IME Life New

एक वर्षमा सवा २ खर्ब बढीको बीमा व्यवसाय, जीवन र निर्जीवन बीमकको व्यापार ग्रोथ कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीहरुले एक वर्षको अवधिमा सवा २ खर्ब रुपैयाँ बढीको व्यवसाय गरेका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८१।८२मा बीमा कम्पनीहरुले २ खर्ब २७ अर्ब १८ करोड ५९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो आर्थिक वर्ष २०८०।८१ मा बीमा कम्पनीहरुले १ खर्ब ९७ अर्ब ९६ करोड ७३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा बीमा कम्पनीहरुको व्यवसाय १४.७६ प्रतिशतले बढेको छ।

Esewa
Crest

समीक्षा वर्षमा कुल व्यवसायमा जीवन बीमाको हिस्सा ८०.२३ प्रतिशत र निर्जीवन बीमाको हिस्सा १९.७७ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यस्तो हिस्सा जीवन बीमाको ७९.०५ र निर्जीवन बीमाको २०.९५ प्रतिशत रहेको थियो।

हाल नेपालमा १४ वटा जीवन, १४ वटा निर्जीवन, ३ वटा लुघ जीवन र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरुले व्यवसाय गरिरहेका छन्।

प्राधिकरणको तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुले समीक्षा वर्षमा १ खर्ब ८२ अर्ब २७ करोड ३३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। यो अघिल्लो वर्षको तुलनामा १६.४७ प्रतिशतले बढी हो। अघिल्लो वर्षमा जीवन बीमा कम्पनीहरुले १ खर्ब ५६ अर्ब ५० करोड १२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए।

गत आर्थिक वर्षमा जीवन कम्पनीहरुले ४४ अर्ब ५१ करोड ३० लाख रुपैयाँ प्रथम जीवन बीमाशुल्क र १ खर्ब ३७ अर्ब ७६ करोड ३ लाख रुपैयाँ नवीकरण जीवन बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्षमा कम्पनीहरुले ३४ अर्ब ५१ करोड ८९ लाख रुपैयाँ प्रथम जीवन बीमाशुल्क र १ खर्ब २१ अर्ब ९८ करोड २३ लाख रुपैयाँ नवीकरण जीवन बीमाशुल्क संकलन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा प्रथम बीमाशुल्क २८.९५ प्रतिशत र नवीकरण बीमाशुल्क १२.९३ प्रतिशतले बढेको छ।

समीक्षा वर्षमा जीवन बीमा कम्पनीहरुको सक्रिय बीमालेख संख्या १ करोड ५६ लाख ३० हजार ९९९ वटा रहेको छ। अघिल्लो वर्षमा सक्रिय बीमालेख संख्या १ करोड ३८ लाख ८१ हजार ४९२ वटा थियो। सक्रिय बीमालेख संख्या १२.६० प्रतिशतले बढेको छ।

यसैगरी समीक्षा वर्षमा निर्जीवन बीमा कम्पनीहरुले ४४ अर्ब ९१ करोड २६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्षमा कम्पनीहरुले ४१ अर्ब ४६ करोड ६१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ८.३१ प्रतिशतले बढेको छ।

गत आर्थिक वर्षमा जीवन बीमालेख संख्या (म्यादी, लघु म्यादी, वैदेशिक रोजगार जीवन बीमालेखबाहेक) ५७ लाख ७५ हजार ३०५ वटा रहेको छ। जुन अघिल्लो वर्ष यही अवधिको तुलनामा ०.९३ प्रतिशतले कम हो। अघिल्लो वर्षमा यो संख्या ५८ लाख २९ हजार ७२४ वटा थियो।

समीक्षा वर्षमा म्यादी र लघु म्यादी जीवन बीमालेख संख्या ७२ लाख ६९ हजार ३८१ वटा र वैदेशिक रोजगार बीमालेख संख्या २५ लाख ८६ हजार ३१३ वटा रहेको छ। अघिल्लो वर्षमा म्यादी र लघु म्यादी जीवन बीमालेख संख्या ५९ लाख ८२ हजार ७२६ वटा र वैदेशिक रोजगार बीमालेख संख्या २० लाख ६९ हजार ४२ वटा थियो। अघिल्लो वर्षको तुलनामा म्यादी र लघु म्यादी जीवन बीमालेख संख्या २१.५१ प्रतिशत र वैदेशिक रोजगार बीमालेख संख्या २५ प्रतिशतले बढेको छ।

समीक्षा वर्षसम्मा बीमाको दायरामा आएको जनसंख्या बढेर ४८.३३ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्षमा बीमाको दायरामा आएको जनसंख्या ४३.२७ प्रतिशत थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS