IME Life New

फुटबल स्टार मेस्सीले यमलसँगको भाइरल तस्बिरका बारेमा के भने ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले विश्वकप फाइनलमा स्पेनका लामिन यमलविरुद्ध खेल्नु आफ्ना लागि ‘क्रेजी’ हुने बताएका छन्। यसको कारण मेस्सीले यमललाई आफ्नो काखमा लिएको पुरानो तस्बिर हो। यो यमलको बाल्यकालको तस्बिर हो।

सन् २००७ मा यमलका आमा–बुवाले बार्सिलोनामा एउटा च्यारिटी फोटोसुट जितेका थिए। त्यस समयमा २० वर्षीय मेस्सीले ५ महिनाको यमललाई आफ्नो काखमा लिएर पोज दिएका थिए। अब लगभग दुई दशकपछि मेस्सी र यमल विश्वकप फाइनलमा एक–अर्काको सामना गर्दैछन्।

Esewa
Crest

न्युयोर्कमा एउटा पत्रकार सम्मेलनका क्रममा मेस्सीले यो तस्बिरमा टिप्पणी गरे, ‘त्यो तस्बिर अद्भुत छ। हामी दुवै (मेस्सी र यमल) विश्वकप खेलिरहेका छौँ, यो धेरै क्रेजी हो।’

मेस्सीले यमलको प्रशंसा गर्दै उनी हाल विश्वका उत्कृष्ट खेलाडीमध्ये एक रहेको बताएका छन्। उनले भने, ‘यमल एक उत्कृष्ट खेलाडी र विश्वव्यापी रुपमा मान्यता प्राप्त स्टार हुन्। उनी १९ वर्षका छन् र अझै पनि उनको अगाडि सम्पूर्ण करिअर छ। म उनलाई शुभकामना दिन्छु तर हामी यसपटक उनी च्याम्पियन नबन्ने सुनिश्चित गर्न सक्दो प्रयास गर्नेछौँ।’

यमालले १५ वर्षको उमेरमा एफसी बार्सिलोनाको लागि डेब्यू गरेका थिए। पछि उनले मेस्सीको प्रसिद्ध नम्बर १० जर्सी लिए। उनले स्पेनको यूईएफए युरो २०२४ को उपाधिमा महत्वपूर्ण भूमिका खेले।

अब १९ वर्षको उमेरमा यमलीसँग युरोपेली च्याम्पियनसिप र विश्वकप दुवै जित्ने सबैभन्दा कान्छो खेलाडी बन्ने अवसर छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS