IME Life New

आगामी बजेटले लगानी प्रवर्द्धन गरेको छः चेम्बर अध्यक्ष अग्रवाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अध्यक्ष नेम्बर अफ कर्मस कमलेश कुमार अग्रवालले विसम परिस्थितिमा आएको आगामी आर्थिक बर्षको बजेट विकासमुख्य र केही महत्वकांक्षी भएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले शनिबार काठमाडौंमा आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले आगामी आवको बजेट लगानी प्रवद्र्धन गर्ने खालको आएको उनले बताए । आइटी र प्रविधिलाई ध्यानमा राखिएकोमा उनले खुसी व्यक्त गरे ।

Esewa
Crest

तीन प्रतिशत ब्याजमा युवालाई २० लाख रुपैयाँसम्म ऋण दिने नीति स्वागतयोग्य भएको उनले बताए । यो नीतिले विदेशीने युवाको संख्यामा कमी हुने विश्वास लिइएको उनको भनाइ छ ।

यस्तै, पर्यटन क्षेत्रका लागि पनि बजेट राम्रो देखिएको अग्रवालले बताए । त्यसमा हवाई टिकटमा लाग्दै आएको कर हटाएको भए झन राम्रो हुने उल्लेख गर्दै उनले यसमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिए।

यस्तै, अग्रवालले चालु कर्जा उपलब्ध गरेकाले अर्थतन्त्रमा सुधार हुने विश्वास लिइएको बताए । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नदीजन्य उत्खननका विषयहरु पनि आएकोले यसमा निकै सहज हुनुपर्ने उनको भनाइ छ ।

भारततर्फ निर्यातमा पनि निकै समस्या भइरहेको उल्लेख गर्दै अग्रवालले यसमा पनि सुधार गर्न आवश्यक रहेको बताए । यसैगरी राजश्वको स्रोतमा ध्यान दिन आवश्यक रहेका पनि उनले बताए ।

ठूला राष्ट्रबाट आउने अनुदानहरुमा कमी आउने देखिदा अर्थतन्त्रमा असर गर्ने पनि अग्रवालले बताए । यस्तै उनले व्यवसायमा संकुचन भएको अवस्थामा पुनकर्जाका व्यवस्था गर्न आवश्यक रहेको बताउँदै उनले यसबारे मोद्रिक नीतिबाट सम्बोधन हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS