काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबरा शेयर बजार झिनो अंकले घटेको छ। नेप्से परिसूचक १.०३ अंकले घटेर २७३०.९१ को विन्दुमा झरेको हो।
बजार घट्दा नेप्से उपसमूहमा रहेका ५ वटा समूह बढेका छन् भने ८ वटा घटेका छन्। यो दिन अन्य समूह सर्वाधिक ०.३१ प्रतिशतले बढ्दा निर्जीवन बीमा समूहमा सर्वाधिक ०.६९ प्रतिशतको गिरावट देखिएको छ।
यो दिन बजारमा ११९ कम्पनीको शेयरभाउ बढेको छ भने १३२ कम्पनीको घटेको छ। आज १८ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज २ अर्ब ४५ करोड रुपैयाँको मात्रै कारोबार भएको छ। सर्वाधिक कारोबार सहास ऊर्जाको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- सहास ऊर्जाः ८ करोड ४३ लाख रुपैयाँ
- रिलायन्स स्पिनिङ मिल्सः ७ करोड ३४ लाख रुपैयाँ
- एसवाई प्यानलः ७ करोड १३ लाख रुपैयाँ
- अपी पावरः ६ करोड १६ लाख रुपैयाँ
- शिवम सिमेन्टः ५ करोड ७९ लाख रुपैयाँ
- सोलु हाइड्रोपावरः ५ करोड ७६ लाख रुपैयाँ
- बुटवल पावर कम्पनीः ५ करोड ३६ लाख रुपैयाँ
- ज्योति विकास बैंकः ५ करोड ३३ लाख रुपैयाँ
- पाल्पा सिमेन्टः ५ करोड ३० लाख रुपैयाँ
- नेसनल हाइड्रोपावरः ५ करोड २७ लाख रुपैयाँ












