IME Life New

यो देशले सामना गर्यो विश्वकै सबैभन्दा खराब मन्दी, जीडीपीमा ८०% सम्म ह्रास

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । धेरै वर्षदेखि विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र संयुक्त राज्य अमेरिकाले मन्दीको डरको सामना गरिरहेको छ। यद्यपि, यस वर्ष मन्दीको सम्भावना अब केवल ६ प्रतिशतमा झरेको छ। जुन अहिलेसम्मकै न्यून हो।

के तपाइँलाई थाहा छ कुन देशले विश्वको सबैभन्दा खराब मन्दीको सामना गरेको छ ? उत्तर ‘भेनेजुएला’ हो। यो दक्षिण अमेरिकी देशले सन् सन् २०१३ देखि २०२१ सम्म मन्दीको सामना गर्यो। जसको अवधिमा यो देशको जीडीपीको ७५ देखि ८० प्रतिशतसम्म गुमाएको भएको थियो। रोचक कुरा के छ भने यो देशसँग विश्वको सबैभन्दा ठूलो तेल भण्डार पनि छ।

Esewa
Crest

लामो समयदेखि गृहयुद्धसँग संघर्ष गरिरहेको देश सिरियाले सन् २०११ देखि २०१६ सम्म मन्दीको सामना गर्यो। जसको अवधिमा देशको जीडीपीको ६३ प्रतिशत क्षति भएको थियो।

अफ्रिकी देश जिम्बाब्वेले सन् २००० देखि २००८ सम्म मन्दीको सामना गर्यो र यी ८ वर्षमा यसको जीडीपीको ५० प्रतिशत सखाप भएको थियो।

सन् १९९० को दशकमा रुसले पनि आर्थिक मन्दीको सामना गर्यो। जसले गर्दा यसको अर्थतन्त्र ४० देखि ४५ प्रतिशतले घटेको थियो।

रुसजस्तै क्युबाले सन् १९९० को दशकमा आर्थिक मन्दीको सामना गर्यो। जसको जीडीपी ३५ प्रतिशतले घट्यो।

कुनै बेला विश्वको सबैभन्दा धनी देशमध्ये एक अर्जेन्टिना सन् १९९८ देखि २००२ सम्म गम्भीर मन्दीको चपेटामा परेको थियो र अझै पूर्ण रुपमा सुधार हुन सकेको छैन। चार वर्षको अवधिमा यसको अर्थतन्त्रमा २८ प्रतिशत घाटा भएको थियो।
अमेरिकी अर्थतन्त्र सन् १९२९ देखि १९३३ सम्मको मन्दीको चपेटामा थियो। जसलाई महामन्दी भनिन्छ। यस अवधिमा अमेरिकाको जीडीपी २८ प्रतिशतले घटेको थियो।

यसबाहेक ग्रीस, लाटभिया, जर्मनी, युक्रेन, इन्डोनेसिया, फिनल्यान्ड, स्पेन र जापानको अर्थतन्त्रले पनि गम्भीर मन्दीको सामना गरेका थिए। सन् १९९० को दशकमा जापानको अर्थतन्त्र यति कमजोर थियो कि यसको आर्थिक वृद्धि धेरै वर्षसम्म शून्य रह्यो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS