IME Life New

जीवन बीमा व्यवसायमा सावधिक बीमालेखको हिस्सा सर्वाधिक, अन्य योजनाको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको वैशाखसम्मको तथ्यांक हेर्दा जीवन बीमा कम्पनीहरुको व्यापारमा सबैभन्दा बढी हिस्सा सावधिक बीमालेखको देखिएको छ।

नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको वैशाखसम्म जीवन बीमकहरुले १ खर्ब ४० अर्ब ३५ करोड रुपैयाँ बढीको व्यापार भित्र्याएका छन्। जुन अघिल्लो वर्ष यही अवधिसम्मको तुलनामा १५.५५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष वैशाखसम्म जीवन बीमकहरुले १ खर्ब २१ अर्ब ४६ करोड रुपैयाँ बढीको व्यापार भित्र्याएका थिए।

Esewa
Crest

तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिनासम्म जीवन बीमकहरुले सावधिक बीमालेख बिक्री गरेर ५३ अर्ब ७० करोड १३ लाख रुपैयाँबराबरको बीमाशुल्क संकलन गरेका छन्। कुल जीवन बीमा व्यवसायमा सावधिक बीमालेखको हिस्सा ३८.२६ प्रतिशत रहेको छ।

यसैगरी जीवन बीमकहरुबाट दोस्रो धेरै अग्रिम भुक्तानी सावधिक बीमालेख बिक्री भएको देखिन्छ। यो बीमालेख बिक्री गरेर कम्पनीहरुले २९ अर्ब ११ करोड ४४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। कुल व्यापारमा अग्रिम भुक्तानी सावधिक बीमालेखको हिस्सा २०.७४ प्रतिशत रहेको छ।

तेस्रोमा बालबच्चासम्बन्धी सावधिक बीमालेख रहेको छ। यो बीमालेख बिक्री गरेर कम्पनीहरुले २१ अर्ब ५४ करोड ४८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। कुल व्यापारमा यसको हिस्सा १५.३५ प्रतिशत रहेको छ।

त्यस्तै वैशाखसम्म कम्पनीहरुले रुपान्तरित सावधिक बीमालेख बिक्री गरेर १७ अर्ब ३९ करोड ३५ लाख रुपैयाँ संकलन गरेका छन्। जुन कुल व्यापार १२.३९ प्रतिशत हिस्सा हो।

जीवन बीमकले एकल बीमाशुल्कमार्फत ५ अर्ब ६९ करोड ६५ लाख रुपैयाँ (४.०६ प्रतिशत), आजीवन बीमालेखमार्फत ३ अर्ब ५९ करोड ६३ लाख रुपैयाँ (२.५६ प्रतिशत), वैदेशिक रोजगार म्यादी बीमालेखमार्फत २ अर्ब ८८ करोड २८ लाख रुपैयाँ (२.०५ प्रतिशत), अन्य बीमालेखमार्फत २ अर्ब ७३ करोड ६५ लाख रुपैयाँ (१.९५ प्रतिशत), लघु बीमालेखमार्फत २ अर्ब ४३ करोड ३१ लाख रुपैयाँ (१.७३ प्रतिशत) र म्यादी बीमालेखमार्फत १ अर्ब २५ करोड १२ लाख रुपैयाँ (०.८९ प्रतिशत) बीमाशुल्क संकलन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS