काठमाडौं । मध्यपूर्व र खाडी मुलुकमा जारी यूद्धका कारण अमेरिकी डलरको विनिमय दर दिनदिनै महँगिदै गएको छ।
नेपाल राष्ट्र बैंकले सोमबारका लागि प्रकाशन गरेको विदेशी मुद्राको विनिमय दर अनुसार, १ अमेरिकी डलरको खरिद दर १५१ रुपैयाँ ४१ पैसा र बिक्री दर १५२ रुपैयाँ ०१ पैसा तोकिएको छ ।
राष्ट्र बैंकका अनुसार, अष्ट्रेलियन १ डलरको खरिददर १०४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४८ पैसा, क्यानेडियन १ डलरको खरिददर १०८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४० पैसा पैसा तोकिएको छ ।
युरोपियन १ युरोको खरिददर १७४ रुपैयाँ २७ पैसा र बिक्रीदर १७४ रुपैयाँ ९६ पैसा, युके १ पाउन्ड स्टर्लिङको खरिददर २०० रुपैयाँ ७६ पैसा र बिक्रीदर २०१ रुपैयाँ ५६ पैसा कायम गरिएको छ ।
कमिशनका कारण वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्नेछ।












