IME Life New

घट्यो जीवन बीमालेख समर्पण संख्या र रकम, व्यतित भने बढ्यो

SPIL
काल्पनिक तस्वीर
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो ५ महिना मंसिरसम्म बीमालेख समर्पण संख्या र समर्पणबापतको रकम दुवै घटेको छ।

नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको चालु आर्थिक वर्षको मंसिरसम्मको बीमा प्रतिविम्बअनुसार बीमालेख समर्पण संख्यामा १७.५६ प्रतिशतको गिरावट दर्ज भएको छ। यस अवघिसम्म ३७ हजार १४९ बीमालेख समर्पण गरिएका छन्। गत आर्थिक वर्षको सोही अवधिमा बीमितले कुल ४५ हजार ६० बीमालेख समर्पण गरेका थिए।

Esewa
Crest

समर्पण संख्या घट्दा समर्पणबापतको भुक्तानी रकम पनि घटेको छ। गत आर्थिक वर्षको मंसिरसम्ममा जीवन बीमकले समर्पणबापत कुल ६ अर्ब १९ करोड ७२ लाख रुपैयाँ भुक्तानी गरेका थिए। यो वर्षको मंसिरसम्म बीमितले ५ अर्ब ६९ करोड २१ लाख रुपैयाँ भुक्तानी लिएका छन्। अघिल्लो वर्षको तुलनामा समर्पण रकम ६.८० प्रतिशतले घटेको छ।

प्राधिकरणका अनुसार नवीकरण बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिबाट ६ महिना नाघेका जीवन बीमालेखको संख्यामा सामान्य वृद्धि देखिएको छ। अघिल्लो वर्षको मंसिरको तुलनामा समीक्षा अवधिमा व्यतित बीमालेख संख्या ०.४९ प्रतिशत बढेको छ।

यो ५ महिनाको अवधिमा १२ लाख २० हजार ४१५ वटा बीमालेख व्यतित भएका छन्। व्यतित बीमालेखको रकम ३६ अर्ब ९८ करोड ३७ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्ष मंसिरसम्म व्यतित बीमालेखको रकम ३५ अर्ब ४१ करोड ९६ लाख रुपैयाँ थियो। गत वर्ष यही अवधिसम्म १२ लाख १४ हजार ५०० वटा बीमालेख व्यतित भएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS