IME Life New

कर्मचारीको कार्यशैलीप्रति कठोर बन्यो अर्थ मन्त्रालय, काम गर्दा घुस मागे यी ठेगानामा गुनासो गर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थ मन्त्रालयले आफू मातहतका नियामक निकाय तथा कार्यालयका कर्मचारीको कार्यशैलीप्रति कठोर बनेको छ। अब अर्थ मन्त्रालयअन्तर्गतका नियामक निकाय, विभाग र कार्यालयमा कार्यरत कर्मचारीले सेवा प्रवाह गर्दा घुस मागे सेवाग्राहीले सीधै गुनासो गर्न सक्नेछन्।

अर्थ मन्त्रालयले आज एक सूचना जारी गर्दै सेवाग्राहीले गुनासो राख्न सक्ने व्यवस्था मिलाइएको जानकारी गरेको हो। ‘अर्थ मन्त्रालयअन्तर्गतका नियामक निकाय, विभाग, कार्यालय र बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने सेवामा कर्मचारी गर्नुपर्ने कायम नगरेको, नगर्नुपर्ने कार्य गरेको वा अनुचित कार्यका लागि दबाब दिएको एवं घुस तथा रिसवत मागेको लगायतका कुनै पनि प्रकारको अनावश्यक ढिलासुस्ती वा सेवा प्रवाहमा कठिनाइ भएको अवस्थामा सेवाग्राहीले गुनासो राख्न सक्ने व्यवस्था गरिएको छ’, सूचनामा भनिएको छ।

Esewa
Crest

सेवाग्राहीले [email protected], [email protected] र हटलाइन (टोलफ्री) नम्बर १८१०५०००४१० मा सीधै गुनासो गर्न सकिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ। यसका लागि सम्पर्क व्यक्ति उपसचिव निरन भट्टराई (९८५१४०५२६५) वा शाखा अधिकृत पवित्रा ज्ञवाली (९८५१४०५२७५) मा पनि सेवाग्राहीले सम्पर्क गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS