IME Life New

बोनश दर उच्च हुँदा नेशनल लाईफका बीमितले प्राप्त गर्ने दाबी रकम पनि बढी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनश दर अन्य जीवन बीमकको तुलनामा उच्च हुँदा बीमितले दाबी भुक्तानीमा पनि अन्य कम्पनीको भन्दा अधिक रकम प्राप्त गरेका छन् ।

यो कम्पनीको बोनश दर जीवन बीमकमध्ये सर्वाधिक भएकाले बीमितले बीमालेख कर्जा, समर्पण दाबी, परिपक्व दाबी वा मृत्यु दाबीवापतको रकम प्राप्त गर्दा अन्य बीमा कम्पनीको बीमितले भन्दा अधिक रकम पाइ रहेका हुन् ।

Esewa
Crest

यो कम्पनीको आर्थिक वर्ष २०८१।८२ को घोषित बोनश दर न्यूनत्तम बोनश दर ६० रूपैयाँ र अधिकत्तम बोनश दर ८५ रूपैयाँ छ।  अन्य जीवन बीमकको आर्थिक वर्ष २०८०।८१ र २०८१।८२ को न्यूनत्तम घोषित बोनश दर बढीमा ५५ रूपैयाँ छ।

कम्पनीका अनुसार, स्थापना कालदेखि हालसम्म बीमित तथा आश्रितले विभिन्न दाबी अन्तर्गत कुल रु ५१ अर्ब ९७ करोड २६ लाख ४४ रुपैयाँ भुक्तानी पाई सकेका छन् । यो रकममा पुनर्बीमा मार्फत प्राप्त योगदान समेत समावेश गरिएको छ।

कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार, हालसम्म गरिएको दाबी भुक्तानीमध्ये सबैभन्दा ठूलो हिस्सा परिपक्वता दाबी अन्तर्गत रहेको छ। इन्स्योरेन्सले  परिपक्वता दाबीवापत रु २१ अर्ब १७ करोड भुक्तानी गरिसकेको छ। यसैगरी अग्रिम भुक्तानी दाबीवापत रु १३ अर्ब ९२ करोड र समर्पण दाबीवापत रु ८ अर्ब ४२ करोड भुक्तानी गरेको छ।

इन्स्योरेन्सका अनुसार, बीमालेख अवधिभित्रै निधन भएका बीमितको आश्रित परिवारजनले हालसम्म मृत्यु दाबीवापत रु ६ अर्ब ९४ करोड भुक्तानी पाएका छन् । यसबाहेक अन्य दाबी शिर्षक अन्तर्गत रु १ अर्ब ५० करोड उपलब्ध गराएको छ।

कम्पनीको अपरिष्कृत वित्तीय विवरण अनुसार, गत असोज मसान्तसम्म बीमितलाई सबै खाले दाबीवापत कुल १ अर्ब ७४ करोड ३८ लाख रूपैयाँ भुक्तानी दिन बाँकी छ। कम्पनीसँग बीमितको दाबी भुक्तानीका लागि बीमा कोषमा ९३ अर्ब ६३ करोड ५२ लाख रूपैयाँ छ।

नेशनल लाईफले लामो समयदेखि निरन्तर रूपमा दाबी भुक्तानी गर्दै आएको कम्पनीको भनाई छ। स्थापना कालदेखि हालसम्मको कुल दाबी भुक्तानीको आँकडाले कम्पनीको दाबी भुक्तानी क्षमतासँगै दीर्घकालीन प्रतिबद्धता झल्काएको छ।

दाबी भुक्तानी क्षमता बलियो बनाइराख्न यो कम्पनीले जर्मनीको हनोभर रिइन्स्योरेन्सको साथै नेपालमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र हिमालयन रिइन्स्योरेन्ससँग पुनर्बीमा सम्झाैता गरेको छ।

बीमा क्षेत्रमा पछिल्ला वर्षहरूमा दाबी भुक्तानी पारदर्शिता र समयमै भुक्तानीप्रति चासो बढिरहेका बेला, नेशनल लाइफको यो तथ्याङ्कले जीवन बीमाप्रति आम नागरिकको विश्वास मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS