IME Life New

दुई ठूला पार्टी मिलेर बनेको सरकारले पोलिसी डिपार्चर गर्न सकेनः डा. पौडेल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थविद् तथा योजना आयोगमा पूर्वसदस्य डा. रमेश पौडेलले बजेट समीक्षा गर्दा राम्रो र निजी क्षेत्रमैत्री आएको बताएका छन्।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले शनिबार गरेको पोस्ट बजेट कार्यक्रम डा. पौडेलले बजेटले निजी क्षेत्र पनि खुसी रहेको उनको भनाइ छ। उनले दिर्घकालिन सोचले काम गर्न सके प्रतिफल आउने बताए।

Esewa
Crest

पोलिसी डिपार्चरको लागि दुई ठूला पार्टी मिलेर बनेको सरकारले केही गर्न सक्ने अवस्था भए पनि गर्न नसकेको पौडेलको भनाइ छ। अर्थतन्त्रको आधा हिस्सा अनौपचारिक रहेको कारण दुई ठुला दलको सरकारले सुधारको लागि पोलिसी डिपार्चर गर्ने आशा भएपनि त्यो गर्न नसकेको उनले बताए। ‘औपचारिक भन्दा अनौपचारिक अर्थतन्त्र बढी भएको छ। अनौपचारिक अर्थतन्त्रलाई औपचारीकतर्फ बढाउनु पर्छ। यसले कर वृद्धि हुन्छ’, उनले भने।

कोभिडपछि अर्थतन्त्रमा समस्या देखिएकोले करको विषयमा सरकारले केही काम गर्न सक्ने अवस्था रहेको तर त्यसो हुन नसकेको पौडेलको भनाइ थियो। ‘हामीले खर्चको अनुमान गर्न सकेपनि पुँजी खर्च गर्न नसकिने अवस्था छ’, उनले भने। ‘जीडीपीको ५ प्रतिशत मात्रै पुँजीगत खर्च हुने गरेको छ। यो विषयमा ध्यान दिनुपर्छ। खर्च निकै कम हुने गरेको छ। थैली बढाउनु पर्ने अवस्था थियो। तर त्यस्तो हुन सकेन’, उनले भने।

राजतन्त्रपछि सबै करमा वृद्धि भएको पौडेलले बताए। एक खर्ब ७० अर्ब अन्तशुल्क बढेको छ। २००७ अघि र पछिको अवस्थामा आयकर १० गुणाले बढेकोले यो निकै राम्रो भएको उनको भनाइ छ। ‘राजस्व भनेको कर र गैर कर बाट उत्पादन हुन्छ। ८५ प्रतिशत कर बाट राजस्व आइरहेको छ। गैर कर राजस्व वृद्धिमा पनि हामीहरुले काम गर्नु पर्ने हुन्छ। आयातमा आधारीत कर भएको अवस्थामा हामीले यसमा पनि सुधार गर्नु पर्ने अवस्था देखिन्छ। थैली बढाउनका लागि ध्यान दिनु पर्छ। त्यसमा ध्यान गएको देखिँदैन’, उनले भने, ‘पैसा भयो भने राम्रो खर्च हुने भएकाले पैसा उठ्छ कि उठ्दैन भन्ने शंकाको सुविधा रहन्छ’, उनले भने।

स्वास्थ्य र शिक्षामा गर्ने खर्चलाई बढाउनु पर्ने पौडेलले बताए। अहिले ११ प्रतिशतको हाराहरीमा रहेको यसमा क्षेत्रमा भएको खर्चलाई १८ प्रतिशतसम्म पुर्याउनुपर्ने उनले बताए।

अहिले बजेट बढाएको खण्डमा १० वर्ष पछि नेपालको मानव विकासमा पनि टेवा पुग्ने पौडेलले बताए। बुढ्यौलीमा खर्च गरिएको भए पनि बच्चाहरुमा लगानी बढाउनु पर्ने उनको भनाइ छ।

पौडेलले प्रदेशलाई काठमाडौँ जतिको बनाउनु पर्ने अवस्था रहेको उल्लेख गरे। चालु खर्चको कुरा गर्दा अनुगनमन फितलो रहेकोले यसलाई योजना आयोग, अर्थमन्त्रालय र सम्बन्धित मन्त्रालयले ध्यान दिनु पर्ने उनले बताए। युवालक्षित कार्यक्रमहरु सकारात्मक रहेको पौडेलले बताए।

राम्रो कार्यक्रम भएपनि कार्यान्वयनमा ध्यान दिनु पर्ने आवश्यकता रहेको पौडेलको भनाइ छ। बजेटमा कमजोरी भनेको स्रोतमा नै समस्या रहेको उनले बताए। आन्तरिक ऋणका भार बढ्दा लगानीका लागि समस्या हुन सक्ने भएकोले यसतर्फ सजक हुन आवश्यक रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS