IME Life New

करयोग्य आयबाट जीवन बीमाशुल्कको रू. १ लाख कट्टा गर्ने व्यवस्था गर्न संघको माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमक संघ नेपालका प्रतिनिधिले सोमबार अर्थमन्त्री विष्णु प्रसाद पाैडेलसँग आसन्न बजेटका सम्बन्धमा बीमा क्षेत्रको चासोबारे ध्यानाकर्षण गराएको छ। संघका अध्यक्ष पोषक राज पाैडेलको नेतृत्वमा रहेको टोलीले अर्थमन्त्री पाैडेललाई करको दर, ऋण पत्र लगायतका विषयमा ध्याषनाकर्षण गराएको हो।

व्यक्तिगत वार्षिक कर योग्य आय गणना गर्दा जीवन बीमाशुल्कवापतको रू. १ लाखसम्मको रकम कर योग्य आयबाट कट्टा गर्ने व्यवस्थाप गर्न संघले अर्थमन्त्रीसँग अनुरोध गरेको छ। हाल वार्षिक करयोग्य यसअघि आयबाट जीवन बीमाशुल्कवापतको जम्मा रू. ४० हजार कट्टा गर्न सकिने सुविधा छ। कर योग्य आयबाट बीमाशुल्कवापतको रकम कट्टा गर्ने रकमको सीमा थप हुँदा बीमाको लाभ विस्तार गर्न मद्दत पुग्ने संघको धारणा छ।

Esewa
Crest

संघका अनुसार, कर्पोरेट करदाताको रूपमा जीवन बीमा कम्पनीको कारोबार र आम्दानीमा करको दर गणना गर्दा अन्तर्राष्ट्रिय अभ्यासको अनुकरण गर्न अर्थमन्त्रीलाई सुझाव दिइएको छ। यसैगरी लगानीवापत प्राप्त हुने सबै प्रतिफललाई कर निर्धारणको दृष्टीकोणले करयोग्य आय मानिए झैं बीमकले गर्ने दाबी भुक्तानी, बीमालेख बोनश भुक्तानी वापतको खर्चलाई खर्चका रूपमा लेखांकन गर्न पाउनुपर्ने माग संघले राखेको छ।

सरकारले ऋणपत्रबाट प्राप्त प्रतिफलमा १५ प्रतिशत लाभकर लिंदै आएकोमा जीवन बीमकको लागि यसलाई ५ प्रतिशतमा सीमित गर्नुपर्ने माग समेत संघले अघि सारेको छ। बीमा कम्पनीले संकलन गरेको बीमा कोषवापतको रकम दीर्घकालीन विकास योजना र राष्ट्रिय महत्वको क्षेत्रमा उपयोग गर्नका लागि दीर्घकालीन बीमा ऋण पत्र निष्काशन गर्न समेत संघले सुझाव दिएको छ।

प्रतिकृयामा अर्थमन्त्री पाैडेलले बीमा व्यवसायको आकार वृद्धिमा सहयोग पुग्ने भए करको विद्यमान दरमा पुनरावलोकन गर्न मन्त्रालय सकारात्मक रहेको आश्वासन दिए । उनले राजश्व परामर्श समितिको बैठकमा सहभागिताका लागि संघका प्रतिनिधिलाइ निम्तो दिंदै राजश्व वृद्धि गर्न सकिने उपायबारे समेत सुझाव पेश गर्न अनुरोध गरे।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS