काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले आज माघ ८ गते आफ्नो १९औं वार्षिक साधारण सभा गर्दैछ । यसअघि गर्ने भनिएको सभा स्थगित भएको थियो । सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश छन्।
सोही सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। यसका लागि नियमनकारी निकायहरुबाट कुनै रायसुझाव वा निर्देशन प्राप्त भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिको अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।
सभाले १ महिलासहित ४ जना सञ्चालकको निर्वाचन गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको नियुक्ति स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।












