IME Life New

नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्रनाथ रिमाललाई पक्राउ गरेको छ।

रिमाललाई बिहीबार काठमाडौंको सिफलबाट पक्राउ गरिएको सीआईबी प्रवक्ता एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए। एसएसपी जबराका अनुसार उनलाई बीमा ऐन, २०७९ र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरसम्बन्धी मुद्दामा पक्राउ गरिएको हो।

Esewa
Crest

नेपाल सरकारले जेठ २८ गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दायरपछि रिमाल फरार रहँदै आएका थिए। रिमाललाई हाल सीआईबीमा राखिएको छ।

आजै रिमाललाई जिल्ला अदालतमा उपस्थित गराउने गरी प्रक्रिया अगाडि बढाउने काम भइरहेको प्रवक्ता जबराले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS