IME Life New

सन नेपाल लाइफको नयाँ बोनसदर घोषणा, बीमितलाई अधिकतम रु. ८०

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१।८२ को बोनसदर घोषणा गरेको छ।

कम्पनीको आर्थिक वर्ष २०८१।८२ को आर्थिक लेखाजोखा र दायित्वको मूल्यांकनसम्बन्धी बीमांकीय प्रतिवेदन बीमा प्राधिकरणको मंसिर १९ गतेको पत्रमार्फत स्वीकृत भई कम्पनीको मुनाफामा सरिक हुने गरी जारी गरिएको बीमालेखहरुमा बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुनुका साथै बीमा समितिबाट अर्को वर्षको बीमांकीय मूल्यांकन स्वीकृत नभएसम्मका लागि कम्पनीले उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो। कम्पनीले न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर निर्धाण गरेको छ।

Esewa
Crest

सनलाइफ सावधिक जीवन बीमालेख

कम्पनीले यस बीमालेखमा न्यूनतम प्रतिहजार ३३ रुपैयाँदेखि ७० रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ। कम्पनीको सनलाइफ सावधिक जीवन बीमालेखमा ० देखि १४ वर्ष अवधिसम्मका लागि प्रतिहजार ३३ रुपैयाँ बोनसदर निर्धारण गरेको छ। १५ देखि १९ वर्ष अवधिसम्मका लागि ३६ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ५५ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिका लागि प्रति हजार ६० रुपैयाँ, ३० र माथि अवधिका लागि प्रति हजार ७० रुपैयाँ बोनसदर कायम भएको छ।

भाग्योदय जीवन बीमालेख

भाग्योदय जीवन बीमालेखको हकमा कम्पनीले न्यूनतम ३३ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर कामय गरेको छ। ० देखि १४ वर्ष अवधिसम्मका लागि प्रतिहजार ३३ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवघिसम्मका लागि ३६ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मका लागि ५५ रुपैयाँ, २५ वर्षदेखि २९ वर्ष अवधिसम्मका लागि ६० रुपैयाँ र ३० वर्ष र सोभन्दा माथि अवधिका लागि ७० रुपैयाँसम्म बोनसदर कायम गरेको छ।

बाल समृद्ध जीवन बीमालेख

बाल समृद्ध जीवन बीमालेखको हकमा पनि कम्पनीले न्यूनतम ३३ रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनसदर कायम गरेको छ। कम्पनीले ० देखि १४ वर्ष अवधिसम्मका लागि प्रतिहजार ३३ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मका लागि ३६ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि प्रतिहजार ५५ रुपैयाँ र २५ देखि २९ वर्ष अवधिसम्मका लागि ६० रुपैयाँ बोनसदर कायम गरेको छ।

सावधिक सुनौलो जीवन बीमा

यस बीमा योजनामा कम्पनीले प्रतिहजार १५ देखि १९ वर्ष अवधिका लागि ३६ रुपैयाँ र २० देखि २४ अवधिसम्मका लागि ५५ रुपैयाँ बोनसदर कायम गरेको छ।

सुनौलो बाल समृद्धि जीवन बीमा

यस बीमा योजनामा कम्पनीले ० देखि १४ वर्ष अवधिसम्मका लागि ३३ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मका लागि ३६ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मका लागि ५५ रुपैयाँ र २५ देखि २९ वर्षसम्मको अवधिका लागि ६० रुपैयाँ बोनसदर कायम गरेको छ।

नवीन आजीवन जीवन बीमा योजना

यस योजनामा कम्पनीले प्रतिहजार ० देखि १४ वर्ष अवधिका लागि ३८ रुपैयाँ बोनसदर कायम गरेको छ। १५ देखि १९ वर्ष अवधिका लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि पनि प्रति हजार ६२ रुपैयाँ र २५ देखि २९ वर्षका लागि ८० रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ८० रुपैयाँ बोनसदर कायम गरेको छ।

१५ वर्षे सार्थक आजीवन जीवन बीमालेख

यस योजनाको हकमा कम्पनीले सबै बीमा अवधिमा प्रतिहजार ४० रुपैयाँ बोनसदर कायम गरेको छ।

धनधान्य जीवन बीमालेख

यस योजनामा कम्पनीले प्रतिहजार ० देखि १४ वर्ष अवधिका लागि २५ रुपैयाँ र १५ देखि १९ वर्ष अवधिका लागि पनि २५ रुपैयाँ बोनसदर कायम गरेको छ।

धनलक्ष्मी बीमा योजना

यस योजनामा कम्पनीले प्रतिहजार ० देखि १४ वर्ष अवधिका लागि २५ रुपैयाँ र १५ देखि १९ वर्ष अवधिका लागि पनि २५ रुपैयाँ बोनसदर कायम गरेको छ।

धनञ्जय जीवन बीमा योजना

यस योजनामा कम्पनीले प्रतिहजार ० देखि १४ वर्ष अवधिका लागि २५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि २५ रुपैयाँ र २० वा सोभन्दा बढी अवधिका लागि पनि २५ रुपैयाँ बोनसदर कायम गरेको छ।

नव धनलक्ष्मी जीवन बीमालेख

यस योजनामा कम्पनीले प्रतिहजार ० देखि १४ वर्ष अवधिका लागि २५ रुपैयाँ र १५ देखि १९ वर्ष अवधिका लागि पनि २५ रुपैयाँ बोनसदर कायम गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS