काठमाडौं । रास्वपा नेतृत्वको सरकार बन्ने भएपछि नेप्सेमा पोजेटिभ सर्किट लागेको छ । चुनावपछि आज खुलेको पहिलो कारोबार दिन बजार खुले लगत्तै सकारात्मक सर्किट लागेर शेयर कारोबार २० मिनेटको लागि स्थगित भएको छ। प्रि ओपन सेसनमा दोहोरो अंकले बढेको बजार नियमित कारोबार खुलेको १ मिनेटमा नै १०८ दशमलव ६० अंक बढेर सकारात्मक सर्किट लागेको हो।
चुनावका लागि फागुन २० गतेबाट बन्द भएको शेयर बजार आज फागुन २५ गतेबाट खुलेको हो । बजार खेलेको १ मिनेटमै बजारमा सकारात्मक सर्किट लागेर बन्द भएको हो । अब कारोबार ११ बजेर २१ मिनेटमा खुल्नेछ ।
बजार खुलेको १ मिनेटमै मार्केट हल्ट हुँदा २२५ कम्पनीको शेयर मूल्य बढेको छ भने १ कम्पनीको मूल्य घटेको छ ।












