IME Life New

अर्थमन्त्रीको धारणापछि शेयर बजारको आकर्षक बाउन्स ब्याक, ८३ अंकको बढोत्तरीका साथ छायो हरियाली

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेको पुँजीबजारप्रतिको धारणापछि शेयर बजारको आकर्षक बाउन्स ब्याक भएको छ। नेप्से परिसूचक आज ८३.३३ अंकले बढेर २७६०.०२ को विन्दुमा बन्द भएको छ।

उच्च अंकले बजार बढ्दा नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। आज जलविद्युत समूह सर्वाधिक ४.५९ प्रतिशतले बढेको छ।

Esewa
Crest

बजारमा आज २६४ कम्पनीको शेयरभाउ बढ्दा ३ वटाको घटेको छ। यो दिन एउटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

आज १० वटा कम्पनीको शेयरभाउ सकारात्मक सर्किट लागेको छ। उपकार लघुवित्त, भुजुङ हाइड्रोपावर, रिडी पावर र नेसनल हाइड्रोपावरको शेयरभाउ १० प्रतिशतले बढ्दा बाँकी ६ कम्पनीको शेयरभाउमा १० प्रतिशतको हाराहारीले बढेर सकारात्मक सर्किट लागेको हो।

यो दिन रिलायन्स स्पिनिङ मिल्सका शेयरधनीहरुले सर्वाधिक गुमाए। यो कम्पनीको शेयरभाउ १.६० प्रतिशतले घटेको छ।


बजारमा आज करिब ११ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार रिलायन्स स्पिनिङ मिल्सको भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS