IME Life New

हालसम्म ३ जीवन बीमकले घोषणा गरे नयाँ बोनसदर, कुनका बीमितले कति पाउँछन् बोनस ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को लागि हालसम्म ३ बीमा कम्पनीले बोनसदर घोषणा गरेका छन् । हालसम्म मेट लाइफ, सिटिजन लाइफ र आइएमई लाइफ इन्स्योरेन्सले घोषणा गरेका हुन् ।

हरेक वर्ष कम्पनीको बीमांकी मूल्यांकन (एक्चुरियल भ्यालुएशन) पछि घोषणा गरेको बोनस दरका आधारमा बीमितले बोनस रकम पाउँछन् । नयाँ बोनश दर घोषित नहुँदासम्म बीमितले पछिल्लो घोषित बोनश दरकै आधारमा दाबी भुक्तानीवापतको रकम भुक्तानी प्राप्त गर्छन् ।

Esewa
Crest

मेट लाइफ
अग्रिम भुक्तानी (थ्री पेमेन्ट प्लान) : यस बीमालेखमा १ देखि १५ वर्षका लागि प्रतिहजार ४५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिका लागि ५५ रुपैयाँ र २१ वर्ष अवधि वा सोभन्दा माथिका लागि ६५ रुपैयाँ बोनसदर कायम गरेको छ। अग्रिम भुक्तानी योजना (मिडटर्म ग्रोथ प्लान) : यस बीमालेखमा १ देखि १५ वर्ष अवधिसम्मका लागि ४५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिका लागि ५० रुपैयाँ र २१ वर्ष अवधि वा सोभन्दा माथिका लागि ५५ रुपैयाँ बोनसदर कायम गरेकोे छ।

सावधिक जीवन बीमा (इन्डोमेन्ट प्लान) : यस बीमालेखमा १ देखि १५ वर्ष अवधिसम्मका लागि ५० रुपैयाँ, १६ देखि २० वर्ष अवधिका लागि ६० रुपैयाँ र २१ वर्ष अवधि वा सोभन्दा माथिका लागि ७० रुपैयाँ बोनसदर कायम गरेको छ। शिक्षा संरक्षण बीमा (एजुकेसन प्रोटेसन प्लान) : यस बीमालेखमा १ देखि १५ वर्ष अवधिसम्मका लागि ५० रुपैयाँ, १६ देखि २० वर्ष अवधिका लागि ६० रुपैयाँ र २१ वर्ष अवधि वा सोभन्दा माथिको लागि ७० रुपैयाँ बोनसदर कायम गरेको छ।

माई चाइल्ड एजुकेसन प्रोटेक्सन प्लान: यस बीमालेखमा १ देखि १५ वर्षका लागि ४० रुपैयाँ, १६ देखि २० वर्षका लागि ४५ रुपैयाँ र २१ वर्ष अवधि वा सोभन्दा माथिको लागि ५० रुपैयाँ बोनसदर कायम गरेकोे छ।

आइएमई लाइफ
कम्पनीले न्यूनतम २२ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ। सावधिक सीमित अवधि भुक्तानी सावधिक तथा बाल सावधिक बीमालेखमा ० देखि ९ वर्षसम्मको लागि ३२ रुपैयाँ, १० देखि १४ वर्षसम्मको लागि पनि ३२ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ४० रुपैयाँ, २० देखि २४ वर्षसम्मको लागि ५२ रुपैयाँ, २५ देखि २९ वर्षसम्मको लागि ६७ रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका ७० रुपैयाँ बोनसदर निर्धारण गरेको छ।

सामूहिक सावधिकमा ० देखि ९ वर्षसम्मको लागि ३२ रुपैयाँ, १० देखि १४ वर्षसम्मको लागि पनि ३२ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ४० रुपैयाँ, २० देखि २४ वर्षसम्मको लागि ५५ रुपैयाँ, २५ देखि २९ वर्षसम्मको लागि ७० रुपैयाँ र ३० वा सोेभन्दा माथि अवधिका ७५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ।

सावधिक तथा आजीवनमा ० देखि ९ वर्षसम्मको लागि ३२ रुपैयाँ, १० देखि १४ वर्षसम्मको लागि पनि ३२ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको अवधिका लागि ४५ रुपैयाँ, २० देखि २४ वर्षसम्मको लागि ५५ रुपैयाँ, २५ देखि २९ वर्षसम्मको लागि ६५ रुपैयाँ र ३० वा सोभन्दा बढी अवधिका ८० रुपैयाँ बोनसदर निर्धारण गरेको छ।

अग्रिम भुक्तानी तथा आजीवन (कल्पधन) मा १० देखि १४ वर्षसम्मको लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३८ रुपैयाँ, २० देखि २४ वर्षसम्मको लागि ५० रुपैयाँ र २५ देखि २९ वर्षसम्मको लागि ६३ रुपैयाँ बोनसदर कायम गरेको छ। अग्रिम भुक्तानी सावधिक बीमालेख १० देखि १४ वर्षसम्मको लागि प्रतिहजार ३० रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ३५ रुपैयाँ, २० देखि २४ वर्षसम्मका लागि ४८ रुपैयाँ र २५ देखि २९ वर्षसम्मको लागि ६३ रुपैयाँ बोनसदर कायम गरेको छ।

बाल अग्रिम भुक्तानी सावधिक (बाल उमंग) बीमालेख १० देखि १४ वर्षसम्मको लागि ३० रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ३७ रुपैयाँ, २० देखि २४ वर्षसम्मका लागि ५० रुपैयाँ र २५ देखि २९ वर्षसम्मको लागि ६५ रुपैयाँ बोनसदर कायम गरेको छ।

वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख (धन सरिता र धन सरिता प्लस) बीमालेख सम्पूर्ण बीमा अवधिका लागि एउटै प्रतिहजार २२ रुपैयाँ बोनस निर्धारण गरिएको छ। वार्षिक बाल अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख (बाल किरण) बीमालेखमा १० देखि १४ वर्षसम्मको लागि प्रतिहजार ३० रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ४० रुपैयाँ, २० देखि २४ वर्षसम्मका लागि ४४ रुपैयाँ र २५ देखि २९ वर्षसम्मको अवधिका लागि ६० रुपैयाँ बोनसदर कायम गरेको छ।

सिटिजन लाइफ
कम्पनीले विभिन्न पोलिसीमा न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर कायम गरेको छ। अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा १० देखि १४ वर्ष अवधिसम्मको लागि ४४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४९ रुपैयाँ र २० देखि २४ वर्षका लागि ५५ रुपैयाँ बोनसदर कायम गरेको छ।

वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा ० देखि ९ वर्षका लागि २५ रुपैयाँ, १० देखि १४ वर्षका लागि २७ रुपैयाँ, १५ देखि १९ वर्षका लागि २७ रुपैयाँ र २० देखि २४ वर्षका लागि २८ रुपैयाँ बोनसदर कायम गरेको छ।

सिजिजन शुभारम्भ योजना (सावधि बीमालेख) मा ० देखि ९ वर्षका लागि ५ रुपैयाँ, १० देखि १४ वर्षका लागि ३९ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४१ रुपैयाँ, २० देखि २४ वर्षका लागि ४६ रुपैयाँ, २५ देखि २९ वर्षका लागि ६५ रुपैयाँ र ३० वर्ष वा सोभन्दा माथि अवधिका लागि ७५ रुपैयाँ बोनसदर कायम गरेको छ।

सावधिक जीवन बीमालेखमा ० देखि ९ वर्षका लागि ३८ रुपैयाँ, १० देखि १४ वर्षको लागि ४२ रुपैयाँ, १५ देखि १९ वर्षको लागि ४५ रुपैयाँ, २० देखि २४ वर्षको लागि ५० रुपैयाँ र २५ वषदेखि २९ वर्षका लागि ६३ रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ७३ रुपैयाँसम्म बोनसदर कायम गरेको छ।

सिटिजन बाल भविष्य योजना (सावाधिक बीमालेख) मा ० देखि ९ वर्षका लागि ४० रुपैयाँ, १० देखि १४ वर्षका लागि ४४ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४७ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५२ रुपैयाँ र २५ वषदेखि २९ वर्षका लागि ६७ रुपैयाँ बोनसदर दिने भएको छ।

सिटिजन जीवन सारथी योजना (सावधिक तथा आजीवन बीमालेख) मा ० देखि ९ वर्षका लागि ३८ रुपैयाँ, १० देखि १४ वर्षका लागि ३९ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४१ रुपैयाँ, २० देखि २४ वर्षका लागि ४३ रुपैयाँ, २५ वषदेखि २९ वर्षका लागि ६५ रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि ६५ रुपैयाँ बोनसदर दिने भएको छ।

कम्पनीहरुको मुनाफामा सरिक हुने गरी जारी गरिएको बीमालेखहरुमा बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुनुका साथै नेपाल बीमा प्राधिकरणबाट अर्को वर्षको बीमांकीय मूल्यांकन स्वीकृत नभएसम्मका लागि उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS