काठमाडौं । लघु जीवन बीमकले चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो महिना साउनमा १० करोड १८ लाख रुपैयाँको व्यापार भित्र्याएका छन्।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनमा ३ वटा लघु जीवन बीमकले उक्त रकमबराबरको कुल बीमाशुल्क संकलन गरेका हुन्। यो अवधिमा यी कम्पनीले २ लाख ८५ हजार ८६९ वटा बीमालेख जारी गरेका हुन्।
साउनमा सर्वाधिक व्यापार भित्र्याउनेमा लिबर्टी माइक्रो लाइफ रहेको छ। यो कम्पनीले १२ हजार २६७ वटा बीमालेख जारी गर्दै ४ करोड १४ लाख रुपैयाँ कुुल बीमाशुल्क संकलन गरेको छ।
यसैगरी साउनमा गार्डियन माइक्रो लाइफले २ लाख ५४ हजार ५०५ वटा बीमालेख जारी गरेर ३ करोड ८६ लाख रुपैयाँ र क्रेस्ट माइक्रो लाइफले १९ हजार ९७ वटा बीमालेख जारी गरेर २ करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।












