IME Life New

आइपीओ ल्याउने तयारीमा रहेको सिद्धि हाइड्रोपावरको बिजुली राष्ट्रिय ग्रिडमा जडान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साधारण शेयरको सार्वजनिक निष्कासन (आइपीओ)को तयारीमा रहेको सिद्धि हाइड्रोपावर कम्पनीको बिजुली आजबाट राष्ट्रिय ग्रिडमा जडान भएको छ।

सिद्धि हाइड्रोपावरको प्रवर्द्धनमा निर्माण भएको सिद्धि खोला जलविद्युत आयोजनाबाट उत्पादित बिजुली कम्पनी आफैँले इलामको लसुनेमा निर्माण गरेको सबस्टेसनमार्फत राष्ट्रिय ग्रिडमा जडान भएको हो। यो आयोजनाको बिजुली उत्पादनको सफल परीक्षणपछि राष्ट्रिय ग्रिडमा जडान गरिएको छ।

Esewa
Crest

इलामको सूर्योदय नगरपालिका र रोङ गाउँपालिकाबीच बहने सिद्धिखोलामा यो आयोजना निर्माण गरिएको छ। सिटिजन्स बैंकको एकल ऋण लगानीमा बनेको यो आयोजनाको बिजुली उत्पादन क्षमता १० मेगावाटको रहेको छ।

आयोजनाको लगात प्रतिमेगावटा २१ करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ। सिद्धि हाइड्रोपावरको नयाँ व्यवस्थापनले सिटिजन्स बैंकसँग ऋण लगानीको सम्झौता गरेको लगभग २ वर्षमा आयोजनाको निर्माण सम्पन्न गरेको हो। यस आयोजनाबाट हिउँदमा ७.८०५ गिगावाट घन्टा र बर्खामा ४६.९११ गिगावाट घन्टा गरी वार्षिक ५५.७१६ गिगावाट घन्टा विद्युत उत्पादन हुने कम्पनीका अध्यक्ष सन्तोषराज नेपालले जानकारी दिए।

कम्पनीको गत पुस २२ गते तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको थियो। सभाले सर्वसाधारणमा आइपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो। हाल आइपीओ ल्याउने प्रक्रिया अगाडि बढिरहेको अध्यक्ष नेपालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS