IME Life New

रिलायन्स स्पिनिङ र सालपा विकास बैंकको शेयर सोमबारदेखि कारोबारमा आउने, कति पाए ओपनिङ रेन्ज ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंकको शेयर सोमबारदेखि कारोबारमा आउने भएको छ।

रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंकको साधारण शेयर शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएका छन्। कुनै पनि कम्पनीको साधारण शेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। त्यसैले यी दुवैको शेयर (भोलि शनिबार र पर्सि आइतबार महाशिवरात्रीको सार्वजनिक बिदा) सोमबारबाट कारोबारमा आउने भएका हुन्।

Esewa
Crest

नेप्सेमा रिलायन्स स्पिनिङ मिल्सको कुल १ करोड ९० लाख कित्ता सूचीकृत भएको छ। जसमा सर्वसाधारणको १९ लाख २६ हजार ६०० कित्ता (१०.१४ प्रतिशत) र संस्थापकको १ करोड ७० लाख ७३ हजार ४०० कित्ता (८९.८६ प्रतिशत) रहेको छ।

नेप्सेले रिलायन्स स्पिनिङ मिल्सलाई ‘आरएसएमएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि नेप्सेले यो कम्पनीलाई प्रतिकित्ता न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ।

यसैगरी नेप्सेमा सालपा विकास बैंकको कुल ५२ लाख २३ हजार ८८० कित्ता सूचीकृत भएको छ। जसमा सर्वसाधारणको १७ लाख २३ हजार ८८० कित्ता (३३ प्रतिशत) र संस्थापकको ३५ लाख कित्ता (६७ प्रतिशत) रहेको छ।

नेप्सेले सालपा विकास बैंकलाई ‘एसएबीबीएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि नेप्सेले यो कम्पनीलाई प्रतिकित्ता न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँ ओपनिङ रेन्ज नै तोकेको छ।

यदि सोमबार स्पेसल प्रिसेसनमा यी दुवैको शेयर नेप्सेले तोकेको ओपनिङभित्र किनबेच भएमा नियमित सत्रका लागि कारोबारमा आउनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS