IME Life New

आजसम्म कायम शेयरधनीले हाथवे इन्भेस्टमेन्टको लाभांश पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाथवे इन्भेस्टमेन्ट नेपालको लाभांश सुरक्षित गर्ने आज भदौ १२ गते अन्तिम दिन रहेको छ।

कम्पनीले आफ्नो १७ औँ वार्षिक साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ भोलि भदौ १३ गते बुक क्लोज गर्दैछ। यसको अर्थ आज भदौ १२ गतेसम्म कायम शेयरधनीहरु यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

Esewa
Crest

कम्पनीले साधारणसभा यही भदौ २५ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाडौंको आम्रपाली ब्यांक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ।

सभाले कम्पनी सञ्चालक समितिको प्रस्ताव गरेको गत आर्थिक वर्ष २०८१।८२ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल १२.६३२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.६३२ प्रतिशत नगद लाभांश रहेको छ।

सभाले कम्पनीको अधिकृत, जारी तथा चुक्तपुँजी वृद्धि गरी प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। सभाले नियमनकारी निकायबाट प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा कुनै फेरबदल वा परिमार्जन गर्न निर्देशन भएमा सोहीबमोजिम गर्ने अर्को विशेष प्रस्ताव पारित गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभाले समूह (क)का शेयरधनीहरुका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्नेछ। स्वतन्त्र सञ्चालकको रिक्त पदमा प्रतिनिधित्व गर्ने स्वतन्त्र सञ्चालकको नियुक्तिलाई सभाले अनुमोदन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS