IME Life New

नेप्सेमा तीन कम्पनीको शेयरमूल्य समायोजन, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ। नेप्सेमा नेशनल लाइफ इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सको बोनस शेयर पछिको मुल्य समायोजन भएको हो भने बरुण हाइड्रोपावरको हकप्रद शेयरपछिको मूल्य समायोजन भएको हो।

नेशनल लाइफ इन्स्योरेन्सको ५ प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ५९८ रुपैयाँ ४४ पैसा कायम भएको छ। इन्स्योरेन्सको अन्तिम कारोबार मूल्य ६२८ रुपैयाँ ३६ पैसाको आधारमा मूल्य समायोजन भएको हो ।

Esewa
Crest

एनएलजी इन्स्योरेन्सको २.५० प्रतशत बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो। इन्स्योरेन्सको समायोजित मूल्य ७४१ रुपैयाँ ४८ पैसा कायम भएको छ। एनएलजीको ७६० रुपैयाँ २ पैसाको आधारमा मूल्य समायोजन भएको हो ।
बरुण हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयर समायोजनपश्चात कम्पनीको शेयरमूल्य २९० रुपैयाँ ३६ पैसा कायम भएको छ। हाइड्रोपावरको ४८० रुपैयाँ ७२ पैसाको आधारमा मूल्य समायोजन गरेको हो । यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS