IME Life New

नेप्सेमा ५ कम्पनीको शेयरमूल्य समायोजन , कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा ५ कम्पनीको शेयरमूल्य समायोजन भएको छ। नेप्सेमा कृषि विकास बैंकको ३.२५ प्रतिशत, बरुण हाइड्रोपावरको ४.७५ प्रतिशत, सर्वोत्तम सिमेन्टको ५ प्रतिशत, ङादी ग्रुप पावरको ५ प्रतिशत र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ३ प्रतिशत बोनश शेयरपछिको शेयर मूल्य समायोजन भएको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ तोकेको बुकक्लोज मितिको अघिल्लो कारोबार दिन सकिएसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

Esewa
Crest

मूल्य समायोजनपछि कृषि विकास बैंकको शेयरमूल्य ३१८ रुपैयाँ ५५ पैसा, बरुण हाइड्रोपावरको ३३७ रुपैयाँ ८५ पैसा, सर्वोत्तम सिमेन्टको ८७० रुपैयाँ ३८ पैसा, ङादी ग्रुप पावरको ३७९ रुपैयाँ ५७ पैसा र शाइन रेसुङ्गाको ४११ रुपैयाँ ६५ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन दोस्रो बजारमा कृषि विकास बैंकको शेयर प्रतिकित्ता ३२८ रुपैयाँ ९० पैसा, बरुणको ३५३ रुपैयाँ ९० पैसा, सर्वोत्तमको ९१३ रुपैयाँ ९० पैसा, ङादीको ३९७ रुपैयाँ ६० पैसा र शाइनको ४२४ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यका आधारमा आइतबार दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS