IME Life New

शेयर लोनमा आकर्षक वृद्धि, करिब ७७%ले बढ्यो रु. १ करोड माथिको कर्जाको माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत आर्थिक वर्ष २०८१।८२ मा बैंकहरुबाट थप साढे ३८ अर्ब रुपैयाँ शेयर धितो कर्जा प्रवाह भएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा वर्षमा बैंकहरुबाट १ खर्ब ४० अर्ब ७० करोड २१ लाख रुपैयाँ शेयर धितो कर्जा गएको छ। अघिल्लो आर्थिक वर्ष २०८०।८१ मा बैंकहरुबाट ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ कर्जा गएको थियो। यो हिसाबले अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा बैंकहरुबाट थप ५० अर्ब ६० करोड ८९ लाख रुपैयाँ शेयर धितो कर्जा गएको छ। गत वर्षको तुलनामा समीक्षा वर्षमा ५६.१७ प्रतिशतले शेयर धितो कर्जा बढेको छ।

Esewa
Crest

समीक्षा वर्षमा बैंकहरुबाट १ करोड रुपैयाँ माथिको रेन्जको कर्जा ९८ अर्ब ९२ करोड ७९ लाख रुपैयाँ शेयर धितो कर्जा गएको छ। गत वर्ष यो रेन्जको कर्जा ५५ अर्ब ९३ करोड २ लाख रुपैयाँ गएको थियो। यो रेन्जको कर्जाको माग ७६.९ प्रतिशतले बढेको छ।

समीक्षा वर्षमा बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १६ अर्ब २ करोड ९७ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १७ अर्ब ५६ करोड ६१ लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा ८ अर्ब १७ करोड ८४ लाख रुपैयाँ गएको छ। अघिल्लो वर्षमा बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १२ अर्ब २४ करोड ७७ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १४ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्को रेन्जको कर्जा ७ अर्ब ३१ करोड २३ लाख रुपैयाँ गएको थियो।

अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा २९ प्रतिशत, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा २१.८ प्रतिशत र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा ११.८ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS