काठमाडौं । सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने सिद्धार्थ इक्विटी फन्ड–२ का इकाइ जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरिएको छ।
योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलले असार २३ गते धितोपत्र बोर्डमा निवेदन दिँदै उक्त योजनाका इकाइहरुको सार्वजनिक निष्कासन गर्न अनुमति मागेको हो।
धितोपत्र बोर्डले अनुमति दिएमा सिद्धार्थ क्यापिटलले उक्त योजनाका १ अर्ब रुपैयाँबराबरको इकाइ जारी गर्नेछ। जसअनुसार १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ बिक्री खुला गरिनेछ।
यो बन्दमुखी योजनाको कोष प्रवर्द्धकमा सिद्धार्थ बैंक रहेको छ।

















