IME Life New

पेट्रोलको भाउ बढ्दा डिजेल र मट्टीतेलको घट्यो, अब प्रतिलिटर कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेर पठाएको छ। समायोजित मूल्यअनुसार पेट्रोलको मूल्य बढेको छ भने डिजेल र मट्टीतेलको भाउ घटेको छ।

आईओसीले हरेक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेर नयाँ सूची पठाउने गरेको छ। नयाँ समायोजित मूल्यअनुसार आज राति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ मूल्य बढाएको छ भने डिजेल र मट्टीतेलको भाउ प्रतिलिटरमा ४ रुपैयाँ घटाएको छ।

Esewa
Crest

समायोजित मूल्यअनुसार पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगञ्जमा प्रतिलिटर पेट्रोल १६०.५० रुपैयाँ र डिजेल तथा मट्टीतेल १३९.५० रुपैयाँ कायम भएको छ।

यसैगरी दोस्रो वर्गमा सुर्खेत र दाङमा प्रतिलिटर पेट्रोल १६२ रुपैयाँ तथा डिजेल र मट्टीतेल १४१ रुपैयाँ निगमले कायम गरेको छ।

तेस्रो वर्गमा पर्ने काठमाडौं, पोखरा र दिपायलमा प्रतिलिटर पेट्रोल १६३ रुपैयाँ र डिजल तथा मट्टीतेलको १४२ रुपैयाँ मूल्य निर्धारण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS