IME Life New

माछापुच्छ्रे एसआईपी योजनाका इकाइहरु आजबाट बिक्री खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माछापुच्छ्रे एसआईपी योजनाका इकाइहरु आज मंसिर १४ गतेबाट बिक्री खुला गरिने भएको छ।

योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटलले उक्त म्युचुअल फन्डका १० रुपैयाँ अंकित मूल्यका कुल २० करोड रुपैयाँबराबरको २ करोड इकाइ बिक्री खुला गरेको हो। यस योजनाको कुल आकार ५ करोड इकाइ रहेको छ। जसमध्ये १४ प्रतिशत अर्थात ७० लाख इकाइ कोष प्रवर्द्धक माछापुच्छ्रे बैंक र १ प्रतिशत अर्थात ५ लाख इकाइ योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटलका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले १ करोड २५ लाख कित्ता इकाइका लागि आवेदन दिन सक्नेछन्।

Esewa
Crest

यस योजनाका इकाइ खरिदका लागि मंसिर १७ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा सबै इकाइ बिक्री नभएकोमा निष्कासन अवधि मंसिर २८ गतेसम्म लुम्बिन सक्छ।

यस योजनाका इकाइ खरिदका लागि लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS