काठमाडौं । सरकारले कृषि बीमाको दायरा बढाउने रणनीति लिएको छ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषि बीमाको दायरा बढाउने रणनीति सरकारले समावेश गरेको हो। संघीय संसदको संयुक्त बैठकमा आज राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम पेस गर्दै यसबारेमा जानकारी गराएका हुन्।
विपन्न कृषिकलाई सहुलियतपूर्ण ऋण र परिपत्र दिएर सेवासुविधा बढाइने सरकारको नीति रहेको छ। कृषिकलाई दिने सेवासुविधालाई राष्ट्रिय परिपत्रमा आबद्ध गरिने सरकारको योजना रहेकोछ।