IME Life New

आजदेखि आइपीओ बिक्री खुला गर्दै सानिगाड हाइड्रो, क-कसले भर्न पाउने ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। सानिगाड हाइड्रोले आज चैत ८ गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ। पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ जारी गर्न लागेको हो। कम्पनीले जारी पुँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात ८५ करोड ५० लाख रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल ८५ लाख ५० हजार कित्ता शेयर ल्याउन अनुमति पाएको छ।

कम्पनीले जारी पुँजीमध्ये १० प्रतिशतले हुन आउने २८ लाख ५० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय निष्कासन गर्दैछ। जसमध्ये १८ लाख ५२ हजार ५०० कित्ता शेयर अतिप्रभावित क्षेत्र बझाङ जिल्लाका बुंगल नगरपालिका वडा नं. १, २ र ४ का बासिन्दा र बाँकी ९ लाख ९७ हजार ५०० कित्ता बुंगल नगरपालिकाका वडा नं. ३, ५, ६, ७, ९, १० र ११ का बासिन्दाका लागि छुट्याइएको छ।

Esewa
Crest

यसैगरी सर्वसाधारणका लागि छुट्याइएको कुल कित्ताको १० प्रतिशतले हुन आउने ५ लाख ७० हजार कित्तामा वैदेशिक रोजगारमा रहेका नेपालीले आवेदन दिन पाउनेछन्। यो आइपीओमा दुवै समूहले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

स्थानीयले लक्ष्मी सनराइज बैंकको चैनपुर शाखा, ग्लोबल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको बझाङ शाखा कार्यालयका साथै बुंगलस्थित कम्पनीको पावर हाउसबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयसँगै सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

स्थानीयका लागि यो आइपीओको निष्कासन बन्द छिटोमा चैत २२ गते र ढिलोमा २०८३ बैशाख ७ गते तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि चैत ११ गते र ढिलोमा चैत २२ गते हुनेछ।

कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS