IME Life New

सालपा विकास बैंकको आइपीओ बाँडफाँट, भाग्यमानी ९ जनाले पाए ११ कित्ता शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सालपा विकास बैंकको आइपीओ आज पुस २५ गते बाँडफाँट गरिएको छ।

धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलमा सालपा विकास बैंकको आइपीओ बाँडफाँट गरिएको हो। आइपीओ बाँडफाँट कार्यक्रम बिहान साढे ९ बजे राखिएको हो।

Esewa
Crest

यो बैंकले सर्वसाधारणका लागि गत पुस १६ गतेदेखि पुस २० गतेसम्म आइपीओ बिक्री खुला गरेको थियो। सर्वसाधारणलाई १०० रुपैयाँ अंकित दरका कुल १४ लाख ३९ हजार १७९ कित्ता आइपीओ जारी गरिएको थियो।

यस आइपीओमा २३ लाख २ हजार ८४३ आवेदकबाट २ करोड ५९ लाख ३४ हजार ९३० कित्ता शेयर माग भएको छ। जसमा २२ लाख ६५ हजार ९५५ आवेदकबाट माग भएको २ करोड ५४ लाख ७७ हजार २६० कित्ता शेयर सदर भएको छ भने ३६ हजार ८८८ आवेदकबाट माग भएको ४ लाख ५७ हजार ६७० कित्ता शेयर बदर भएको छ। सदर आवेदकमध्ये २१ लाख ५८ हजार ९२६ आवेदकको हात खाली भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण यो आइपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमानी १ लाख ४३ हजार ९१७ जनाले १० कित्ताका दरले शेयर पाएका छन्। तिनैमध्ये ९ जनाले थप १–१ कित्ता शेयर पाएका छन्।

यो आइपीको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। आइपीओका अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक, आइपीओ निष्कासन गर्ने बैंक र सीडीएससीको मेरो शेयर र ष्उयचभकगति।अमकअ।अयm।लउ मा हेर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS