काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८१ /८२ को चौथोे त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरण अनुसार कम्पनीको नाफा बाहेक अधिकांश सूचक बढेका छन् ।
समीक्षा अवधिसम्ममा कम्पनीको रिटेन्ड अर्निङ ३६ करोड ६५ लाख रुपैयाँ रहेको छ । अन्य इक्विटीमा ५० करोड २२ लाख रुपैयाँ रहेको छ । समीक्षा वर्षसम्म कम्पनीको महाविपत्ति कोषमा २२ करोड ९३ लाख रुपैयाँ रहेको छ । स्पेसल रिर्जभमा २ अर्ब ५५ करोड रहेको छ ।
अघिल्लो वर्षको यसै अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा ४० करोड ३८ लाख रुपैयाँ रहेको थियो । अन्य इक्विटीमा ४४ करोड २२ लाख रुपैयाँ रहेको थियो । महाविपत्ति कोषमा १८ करोड ८९ लाख रुपैयाँ रहेको थियो । स्पेसल रिर्जभमा २ अर्ब ५५ करोड रहेको थियो ।
समीक्षा वर्षमा कम्पनीले ५ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब ८९ करोड ३८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन बढेको हो ।
यस समीक्षा वर्षमा कम्पनीले पुनर्बीमा मार्फत २ अर्ब ८९ करोड ४१ लाख रुपैयाँ खर्चिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब १७ करोड ३६ लाख रुपैयाँ खर्चिएको थियो ।

कम्पनीले समीक्षा वर्षमा २ अर्ब ११ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ७२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन २२.८६ प्रतिशतले बढेको हो ।
वित्तीय विवरणअनुसार समीक्षा वर्षमा कम्पनीले ४० करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४६ करोड ९ लाख नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा १२.५१ % ले घटेको हो ।
समीक्षा वर्षमा कम्पनीको प्रति शेयर आम्दानी १५ रुपैयाँ ३७ पैसा रहेको छ । मूल्य आम्दानी अनुपात ४७.२३ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ २३९ रुपैयाँ १२ पैसा रहेको छ ।

















