IME Life New

रु. ५० लाख बढीको बीमांक भएको बीमालेख जारी गर्दा जीवन बीमकले अपनाउनुपर्ने उपाय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमकले जारी गर्ने अब ५० लाख रुपैयाँ बढीको बीमांक भएको बीमालेखका लागि कठोर व्यवस्था ल्याएको छ।

बीमा प्राधिकरणले बृहत ग्राहक पहिचानमा कडाइ गरेको हो। यससम्बन्धी व्यवस्था प्राधिकरणले सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आमविनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०८२ मार्फत गरेको छ।

Esewa
Crest

निर्देशनअनुसार बृहत ग्राहक पहिचानअन्तर्गत अब जीवन बीमकले एकल बीमाशुल्क भुक्तानी बीमालेख वा सीमित अवधि भुक्तानी बीमालेख वा त्यस्तै प्रकृतिका अन्य बीमालेख वा विदेशबाट बीमाशुल्क भुक्तानी हुने गरी जारी बीमालेख र बचत तथा लगानी प्रकृतिका ५० लाख रुपैयाँभन्दा बढी बीमांक भएको जुनसुकै बीमालेख जारी गर्दै विभिन्न उपाय अवलम्बन गर्नुपर्नेछ।

उक्त बीमांकभन्दा बढीको बीमालेख जारी गर्दा जीवन बीमकले बीमितको आर्थिक क्षमता पुष्टि हुने कागजात तथा विवरण समावेश गर्नुपर्ने व्यवस्था निर्देशनमार्फत छ। बीमितको पेसा–व्यवसाय तथा कारोबार भएमा सोको पुष्टि हुने कागजात पनि बीमकले बीमितसँग माग्नुपर्नेछ।

यसैगरी त्यस्ता बीमालेख जारी गर्दै बीमकले बीमाशुल्कको भुक्तानी बैंक तथा वित्तीय संस्थाको खाताबाट मात्र गर्ने व्यवस्था मिलाउनुपर्नेछ। एकल बीमालेख लिएका बीमितको हकमा उक्त बीमालेख लिनुपर्ने कारण पनि बीमकले खुलाउनुपर्नेछ।

त्यस्तै ५० लाख रुपैयाँभन्दा बढीको बीमांक भएको बीमालेख जारी गर्दा बीमकले जोखिमबमोजिम अपनाउनुपर्ने अन्य उपाय पनि अवलम्बन गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

20%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS