IME Life New

मोबाइल बैंकिङ एप्स ह्याक गरेर सहकारी बैंकको रू १८ करोड गायब

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साइबर ठगी गिरोहले भारतको हिमाञ्चल प्रदेश राज्य सहकारी बैंकको सर्भर ह्याक गरेर ११ करोड ५५ लाख भारतीय रुपैयाँ (१८ करोड ४८ लाख रूपैयाँ) झिक्न सफल भएका छन् ।

अनुसन्धान अधिकारीहरूका अनुसार, साइबर ठग गिरोहले यसका लागि सहकारीका एक ग्राहकको मोबाइल फोनको प्रयोग गरेका थिए । ती ग्राहकको खाताको माध्यमबाट २० वटा विभिन्न अन्य बैंकको खातामा रकम स्थानान्तरण गरिएको थियो।

Esewa
Crest

एशिया इन्स्योरेन्स पोष्टका अनुसार, मे ११ र १२ मा भएको यो कारोबार मे १३ मा बिदा भएको कारण, बैंक अधिकारीहरूले भारतीय रिजर्भ बैंकको कारोबार रिपोर्ट प्राप्त गरेपछि मे १४ मा मात्र जानकारी पाएका थिए।

पैसा झिकिएको जानकारी पाएपछि सहकारी बैंकका कर्मचारीले नजिकको शिमला सदर प्रहरी स्टेशनमा उजुरी दर्ता गराएका थिए।

ठगी गर्नेहरूले चम्बा जिल्लाको बैंकको हातली शाखामा खाता भएका एक ग्राहकको मोबाइल फोन एप्लिकेसन मार्फत सर्भर ह्याक गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ। यो मुद्दा अहिले प्रहरीको साइबर अपराध शाखाले अनुसन्धान गरिरहेको छ।

एशिया इन्स्योरेन्स पोष्टका अनुसार, प्रहरी उपमहानिरीक्षक (साइबर अपराध) मोहित चावलाले अनुसन्धान जारी रहेको र साइबर सुरक्षा मुद्दाहरूको जवाफ दिने नोडल एजेन्सी -सर्ट इन (CERT-In) को टोली शिमला पुगेपछि थप अनुसन्धान शुरू हुने जानकारी दिएका छन्।

विज्ञहरूले बैंकको सुरक्षा कसरी उल्लङ्घन गरियो भनेर पत्ता लगाउने प्रयास गरिरहेका छन्।

बैंक अधिकारीहरूले बाँकी ग्राहकहरूको पैसा सुरक्षित रहेको र सबै कारोबार रोकिएको दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS