IME Life New

बीमकहरुबाट रु. ६२ अर्ब बढी बीमा दाबी भुक्तानी, जीवनको घट्दा निर्जीवनको बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमकको दाबी भुक्तानी रकम घटेको छ भने निर्जीवन बीमकको बढेको छ। नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको बीमा प्रतिविम्बअनुसार यस्तो देखिएको हो।

बीमा प्रतिविम्बअनुसार चालु आर्थिक वर्षको चैतसम्म बीमा कम्पनीहरुले ६२ अर्ब २२ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन्। अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म बीमा कम्पनीहरुले ५९ अर्ब ९२ करोड ६५ लाख रुपैयाँ दाबी भुक्तानी गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बीमा कम्पनीहरुको दाबी भुक्तानी रकम ३.४६ प्रतिशतले बढेको छ।

Esewa
Crest

तथ्यांकअनुसार चालु आर्थिक वर्षको चैतसम्म जीवन बीमकहरुले ४५ अर्ब ३७ करोड ९४ लाख रुपैयाँ बीमितलाई दाबी भुक्तानी गरेका छन्। यो रकम कम्पनीहरुले २ लाख ८१० वटा दाबीको भुक्तानी गरेका हुन्।

अघिल्लो आर्थिक वर्षको चैतसम्म जीवन बीमकहरुले २ लाख ३१ हजार ३४५ वटा दाबीको ४७ अर्ब ४१ करोड ७३ लाख रुपैयाँ भुक्तानी गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा जीवन बीमाकहरुको दाबी भुक्तानी संख्या १३.२० प्रतिशत र रकम ४.३० प्रतिशतले घटेको छ।

चालु आर्थिक वर्षको चैतसम्म जीवन बीमकहरुले ५२ हजार ६८७ वटा दाबीको ४ अर्ब ४३ करोड २२ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको प्राधिकरणको तथ्यांकले देखाएको छ। अघिल्लो वर्ष चैतसम्म जीवन बीमकहरुले २७ हजार ११७ वटा दाबीको २ अर्ब २७ करोड ७९ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा जीवन बीमकहरुको भुक्तानी हुन बाँकी दाबी संख्या र रकम क्रमशः ९४.३० प्रतिशत र ९४.५८ प्रतिशतले बढेको छ।

यसैगरी बीमा प्रतिविम्बअनुसार चालु आर्थिक वर्षको चैतसम्म निर्जीवन बीमकहरुले १६ अर्ब ६२ करोड २८ लाख रुपैयाँ बीमितलाई दाबी भुक्तानी गरेका छन्। यो रकम कम्पनीहरुले १ लाख १ हजार ७१३ वटा दाबीको भुक्तानी गरेका हुन्।

अघिल्लो आर्थिक वर्षको चैतसम्म निर्जीवन बीमकहरुले १ लाख ६ हजार ५६३ वटा दाबीको १२ अर्ब ५० करोड ९१ लाख रुपैयाँ भुक्तानी गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा निर्जीवन बीमाकहरुको दाबी भुक्तानी संख्या ४.५५ प्रतिशतले घट्दा पनि भुक्तानी रकम भने ३२.८९ प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको चैतसम्म निर्जीवन बीमकहरुले १ लाख ४ हजार ८७२ वटा दाबीको ३० अर्ब ९३ करोड ६४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको प्राधिकरणको तथ्यांकले देखाएको छ। अघिल्लो वर्ष चैतसम्म निर्जीवन बीमकहरुले १ लाख ३ हजार ९७ वटा दाबीको २० अर्ब ६४ करोड ८७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा निर्जीवन बीमकहरुको भुक्तानी हुन बाँकी दाबी संख्या र रकम क्रमशः १.७२ प्रतिशत र ४९.८२ प्रतिशतले बढेको छ।

हाल नेपालमा १४ वटा जीवन बीमा, ३ वटा लघु जीवन बीमा, १४ वटा निर्जीवन बीमा र ४ वटा लघु निर्जीवन बीमा सञ्चालनमा छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS