IME Life New

रिलायन्स स्पिनिङ्ग मिल्स आफ्नो सेक्टर कै ठूलो कम्पनी (टप ५ कम्पनी को को ?)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स शेयर बजारमा सूचीकृत उत्पादन तथा प्रशोधन समूहअन्तर्गत सबैभन्दा ठूलो कम्पनी बनेको छ ।

पछिल्लो तथ्यांक अनुसार कम्पनीको बजार पुँजीकरण उत्पादन तथा प्रशोधन समूहअन्तर्गत सबैभन्दा धेरै रहेको छ । कम्पनीको हालको बजार पुँजीकरण ६१ अर्ब ६० करोड रहेको छ । दोश्रोमा सर्वोत्तम सिमेन्टको पुँजीकरण ४४ अर्ब ७४ करोड रुपैयाँ रहेको छ भने तेश्रोमा हिमालयन डिष्टीलरीको पुँजीकरण ४३ अर्ब १४ करोड रहेको छ ।

Esewa
Crest

८०० रुपैयाँ माथि आईपिओ निष्काशन गरेको कम्पनीको पहिलो कारोबार रेञ्ज भने १०० रुपैयाँ देखि ३०० रुपैयाँसम्म पाएको थियो । आईपिओका लगानीकर्ताले आफ्नी लगानी उठाउन पनि धेरै समय कुर्नु परेकोमा अहिले भने कम्पनीको बजार मूल्य ३ हजार २०० माथि पुगेको छ ।

बजारमा सूचीकृत कम्पनीहरूको शेयर मूल्यमा हुने उतार–चढावसँगै तिनको कुल बजार मूल्य अर्थात् बजार पुँजीकरण परिवर्तन हुन्छ र यही परिवर्तनले नेप्से सूचकांकलाई प्रत्यक्ष रूपमा असर पार्छ । जब ठूला पुँजीकरण भएका कम्पनीहरूको सेयर मूल्य बढ्छ वा घट्छ , तिनको उच्च बजार पुँजीकरणका कारण नेप्से सूचकांकमा अरुको भन्दा धेरै प्रभाव पार्छ । साना पुँजीकरण भएका कम्पनीहरूको मूल्य परिवर्तनले भने तुलनात्मक रूपमा कम प्रभाव पार्ने गरेको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS