IME Life New

अब निजी क्षेत्रले घुस खुवाउन पर्दैनः अर्थमन्त्री वाग्ले

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले अब निजी क्षेत्रले घुस खुवाउन, कामकाजममा लाइन लाग्न र थुनिनु नपर्ने बताएका छन्।

अर्थ मन्त्रालयमा सोमबार नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिसँगको भेटघाटमा अर्थमन्त्री वाग्लेले यस्तो धारणा राखेका हुन्। ‘लगानी बढाउनुस्, रोजगारी बढाउनुस्, देश बनाऔँ’, उनले भने, ‘म घुस खान आएको होइन, कसैलाई खान पनि दिन्न। म अर्थतन्त्रको जहाज मोडेर देशलाई नयाँ गतिमा लैजान आएको हुँ।’

Esewa
Crest

निजी क्षेत्रले अब दुःख नपाउने वाग्लेले स्पष्ट पारे। ‘हामी तपाइँहरुको सहयात्री हौँ। अब घुस खुवाउन पर्दैन, लाइन लाग्न पर्दैन’, उनले भने, ‘निजी क्षेत्रका मानिस थुनिनु पर्दैन।’

मन्त्री वाग्लेले आर्थिक बेइमानीमा अब आर्थिक जरिवाना लगाइने बताए। ‘उद्योगी–व्यापारी थुनिनु पर्दैन’, उनले भने, ‘तर, राज्य साथी र सहयात्री बन्दा निजी क्षेत्र पनि बेइमानी नहोला भन्ने अपेक्षा छ। नियोजित बेइमानी कसैले गर्छ भने त्यसमा हामी निर्मम छौँ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS