IME Life New

निजी क्षेत्र इमानदार भइदिनुस्, राज्यले दिलोज्यान दिएर सहयोग गर्छः अर्थमन्त्री वाग्ले

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई इमानदार भइदिन आग्रह गरेका छन्। यसो भएमा राज्यले दिलोज्यान दिएर सहयोग गर्ने पनि उनले प्रतिबद्धता व्यक्त गरेका छन्।

अर्थ मन्त्रालयमा मंगलबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी तथा पूर्वपदाधिकारीसँगको भेटमा अर्थमन्त्री वाग्लेले यस्तो धारणा राखेका हुन्। ‘मैले पटक–पटक भन्ने गरेको छु। निजी क्षेत्र इमानदार भइदिनुस्। राज्यले दिलोज्यान दिएर तपाइँहरुलाई सहयोग गर्छ’, उनले भने, ‘म त्यसको जिम्मा लिन्छु तर नियोजित र प्रायोजित गल्ती र बेइमानीमा भने हामी निर्मम हुन्छौँ।’

Esewa
Crest

मन्त्री वाग्लेले नेपाल गरिखाने मान्छेहरुको देश हो भन्ने चिनाउने गरी अर्थतन्त्रको विकास गर्ने बताए। ‘तपाइँहरुलाई उड्ने, फैलने सुविधा राज्यले दिन्छ। देश बनाउने हुटहुटी बोकेर आएका छौँ’, उनले भने, ‘अर्थतन्त्र बलियो बनाउने हो। आउनुस् हातेमालो गरौँ।’

इमानदार उद्योगी–व्यापारीहरु कानुनका कारण बदनाम बन्ने अवस्था आउन नदिन आफूहरुले काम गरिरहेको वाग्लेले बताए। ‘राज्यका कारण रोजगारी सिर्जना गर्नेले अब दुःख हैरानी पाउँदैन। त्यसको ग्यारेन्टी म गर्छु’, उनले भने।

मन्त्री वाग्लेले अर्थतन्त्र बनाउन राज्यले के–के गर्नुपर्छ भन्न पनि आग्रह गरे। ‘तपाइँहरु पनि इमानदार भइदिनुस्’, उनले भने, ‘अर्थतन्त्र बलियो बनाउन, मुलकको सर्वाङ्गीण विकास गर्ने काममा सबैजना एक ठाउँमा उभिन तयार बनौँ।’

नेपाल एलडीसीमा स्तरोन्नति गइहाल्छ कि भन्ने निजी क्षेत्रको पिरलाई आफूले पनि मन्त्री वाग्लेले बताए। ‘म यो तत्काल हुँदैन भन्ने मान्यता राख्छु’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS