IME Life New

आर्थिक सुधारका लागि निजी क्षेत्र र संरचनागत सुधारको आवश्यकता छः भागिरथ सापकोटा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघका अध्यक्ष भागिरथ सापकोटाले नेपालको अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको र संरचनागत सुधारको आवश्यकता औँल्याएका छन्।

इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको बजेट अ होलिस्टिक डिस्कोर्स कार्यक्रममा अध्यक्ष सापकोटाले आर्थिक सुधारका आवश्यक क्षेत्रलाई गहिरो रुपमा अध्ययन गरेर काम गरेमा नेपालको अर्थतन्त्र प्रभावकारी रुपमा अघि बढ्न सक्ने बताए। उनले नेपालको वर्तमान अर्थतन्त्रमा ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्नका लागि कृषि क्षेत्रको व्यवसायीकरण अत्यन्त आवश्यक रहेको बताए। कृषि प्राधिकरणलाई निजी क्षेत्रको ५० प्रतिशत स्वामित्वमा स्थापना गर्नुपर्ने कुरामा जोड दिँदै उनले भने, ‘अहिलेकै संरचनाले यसलाई व्यवसायीकरण गर्न सक्छ भन्ने कुरामा हामीले सोच्नुपर्छ।’

Esewa
Crest

यस्तै, पर्यटन र हवाई क्षेत्रको संरचनामा सुधारको आवश्यकता रहेको र प्राधिकरणलाई नाफामा केन्द्रित गरिराख्नाले जलविद्युत र ऊर्जा क्षेत्रमा समस्याहरु उत्पन्न भइरहेको पनि सापकोटाले बताए। उनले राष्ट्र बैंक जस्तो संस्थाको भूमिका अन्य प्राधिकरणहरुले पनि आत्मसात गर्नुपर्ने बताए।

सूचना प्रविधि क्षेत्रमा पनि कर सुधारको आवश्यकता रहेको सापकोटले बताए। उनले साना, घरेलु र मझौला उद्योगलाई तीव्र गतिमा अघि बढाउनका लागि उपायहरु अपनाउनुपर्ने महत्त्वपूर्ण कुरा उठाए। ‘समग्र अर्थतन्त्रलाई नयाँ ढंगले अघि बढाउन सकेको अवस्थामा ६ प्रतिशतको आर्थिक वृद्धि सम्भव छ’, उनले भने, ‘हालको बजेटलाई सकारात्मक कदमको रूपमा हेरे पनि अझै केही सुधारको आवश्यकता रहेको छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS