काठमाडौं । नेपाल धितोपत्र बोर्डले ‘प्रभु स्टिमेटिक इन्भेस्टमेन्ट स्किम’लाई निष्कासन अनुमति दिएको छ।
धितोपत्र बोर्डले प्रभु सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित हुने यो म्युचुअल फन्डलाई चैत २७ गते निष्कासन अनुमति दिएको हो। अब योजना व्यवस्थापक प्रभु क्यापिटलले यस म्युचुअल फन्डका ४० करोड रुपैयाँबराबरको इकाइ बिक्री खुला गर्नेछ। जसअनुसार १० रुपैयाँ अंकित दरका कुल ४ करोड इकाइको सार्वजनिक निष्कासन गरिनेछ।
यो खुलामुखी योजना हो। यसको कोष प्रवर्द्धकका रुपमा प्रभु बैंक रहेको छ।