IME Life New

नेपाल बैंकको ‘टप अप गरौं बोनस पाऔं’ अभियान सञ्चालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई लक्षित गरी बैंकको सेवा प्रदायक Soft International Pvt.Ltd   को सहकार्यमा ब्राण्ड प्रवद्र्धन एवम् डिजिटल बैंकिङ व्यवसाय अभिवृद्धिको लागि २०८२ पौष महिनाभरि लागु हुनेगरी “टप अप गरौं बोनस पाऔं अभियान सञ्चालन गरेको छ ।

सो अभियान अवधिभर रु. २०० वा सो भन्दा माथिको रकम NBL Mobile Banking  app मार्फत topup गर्ने ८० जनालाई रु. १०० का दरले बोनस प्रदान गरिने र सो को घोषणा अभियान अवधि पश्चात गरिने बैंकले जनाएको छ । यस अभियानले बैंकको डिजिटल बैंकिङ अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ल्ने विश्वास पनि बैंकले लिएको छ ।

Esewa
Crest

हाल नेपालभर २३१ शखा, २३७ एटिएमका साथै ६१ वटा एक्स्टेन्सन काउन्टरको सञ्जाल मार्फत करिब २७ लाख ग्राहकहरुलाई वित्तीय सेवा पु¥याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैंकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि बैंकको रुपमा अघि बढिरहेको छ । करिब १० लाख ग्राहकहरुले डिजिटल प्रविधि मार्फत बैकिङ सेवा लिई लाभान्वित हुँदै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS