IME Life New

असोजको बाढीपहिरोको क्षतिमा रु. ४.१८ अर्बको बीमा दाबी, भुक्तानी रु. ११.१५ करोड मात्र

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत असोज १८ गतेयताको अविरल वर्षा तथा बाढीपहिरोका कारण देशभर भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा निर्जीवन बीमा कम्पनीहरुले कुल ७९० वटा बीमा दाबीको करिब ४ अर्ब १८ करोड २६ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। त्यसमध्ये कम्पनीहरुले हालसम्म कुल ९६ वटा दाबीको करिब ११ करोड १५ लाख रुपैयाँ मात्रै बीमितहरुलाई भुक्तानी गरेको अद्यावधिक तथ्यांक प्राप्त भएको नेपाल बीमा प्राधिकरणले जनाएको छ।

प्राधिकरणलाई तथ्यांकअनुसार विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीले सम्पत्ति बीमातर्फ ४१७ वटा प्रारम्भिक दाबीको करिब ३ अर्ब ५८ करोड ३२ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। त्यसमध्ये हालसम्म कुल ३३ वटा बीमा दाबीको कम्पनीहरुले करिब ९ करोड ६४ लाख रुपैयाँ भुक्तानी गरेका छन्।

Esewa
Crest

यसैगरी हालसम्म इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ १०७ वटा दाबीको करिब ५१ करोड ५७ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएकोमा कम्पनीहरुले हालसम्म कुल ७ वटा दाबीको करिब ९ लाख लाख रुपैयाँ भुक्तानी गरेका छन्।

त्यस्तै कम्पनीहरुले कृषि तथा बाली बीमातर्फ २१० वटा दाबीको करिब ४ करोड १४ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएकोमा कुल ४२ वटा दाबीको करिब १९ लाख लाख रुपैयाँ भुक्तानी गरेको, मोटर बीमा (निजी) तर्फ ४० वटा दाबीको करिब २ करोड ८२ लाख रुपैयाँमध्ये कुल १२ वटा दाबीको करिब १ करोड २० लाख लाख रुपैयाँ र सामुद्रिक बीमातर्फ ४ वटा दाबीको करिब ११ लाख रुपैयाँमध्ये २ वटा दाबीको करिब ३ लाख रुपैयाँ भुक्तानी गरेको प्राधिकरणले जनाएको छ।

उता मोटर बीमा(सार्वजनिक) तर्फ १० वटा दाबीको करिब १ करोड १९ लाख रुपैयाँ र लघुबीमातर्फ २ वटा दाबीको करिब १२ लाख रुपैयाँको हालसम्म कम्पनीहरुले भुक्तानी सुरु नगरेको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS