काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा अभिकर्ताको तालिम तथा परीक्षा सञ्चालन गर्ने भएको छ । कम्पनीले कात्तिक ११ गतेदेखि १३ गतेसम्म तालिम सञ्चालन हुने जनाएको छ भने परीक्षा कात्तिक १३ गते शुक्रबार साझ ५ बजेदेखि ६ बजेसम्मको हुने जानकारी दिएको छ ।
ईच्छुकले मान्यता प्राप्त शिक्षण संस्थाबाट न्यूनतम् प्लस टु वा सो सरह उत्तिर्ण गरेका व्यक्तिले कम्पनीमा सम्पर्क गरी तालिममा सहभागि हुन सक्नेछन् । उक्त तालिममा सहभागी हुनको लागि प्रतिव्यक्तिले १ हजार रुपैयाँ जम्मा गर्नुपर्ने कम्पनीले जनाएको छ ।
तालिम विहान ९ बजेबाट ५ बजेसम्म कम्पनीको केन्द्रिय कार्यालय, तिनकुने काठमाडौँबाट भर्चुअल माध्यमबाट तालिम सञ्चालन हुने छ ।













