IME Life New

बैंकिङ कसूरमा अग्रवाल बाबु छोरासहित ४ जनाविरूद्ध उच्च अदालत पाटनमा मुद्दा दायर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सका प्रवर्द्धक समेत रहेका बाबु शंकरलाल अग्रवाल, उनका दुइ छोरा सुलभ, शाहिल  र व्यापारिक साझेदार दीपक भट्टविरूद्ध बैंकिङ कसुरको मुद्दा दायर भएको छ ।

प्रहरीले अनुसन्धान सकेपछि सरकारी वकीलको कार्यालयमार्फत् उनीहरू विरूद्ध  उच्च अदालत पाटन, ललितपुरमा बिहीबार मुद्दा दायर गरिएको हो । अग्रवालत्रयमध्ये शंकरलाल बाबु हुन् भने सुलभ र साहिल उनका छोरा हुन् । भट्ट अग्रवाल परिवारको व्यवसायीक साझेदार हुन्।

Esewa
Crest

सरकार पक्षबाट अदालतमा दायर गरिएको अभियोगपत्रमा उनीहरूविरुद्द ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ बिगो मागदाबी गरिएको छ । उनीहरूले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ८ ले निषेध गरेको कसुर गरेको दाबी गर्दै मुद्दा दायर गरिएको हो ।

अभियुक्तमध्ये दीपक र सुलभलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकिङ कसूर र सम्पत्ति शुद्धिकरण सम्बन्धि मुद्दामा अुनसन्धानका लागि पक्राउ गरेपछि पछिल्लो २ महिनादेखि हिरासतमै छन् ।

चारै जना अभियुक्तहरू हिमालयन रिइन्स्योरेन्स, एलायण्ट रिइन्स्योरेन्स ब्रोकर्स, लगायत विभिन्न कम्पनीको अावरणमा रकम झिकेर व्यक्तिगत प्रयोजनमा लिएको र बैंकिङ च्यानलबाट प्रयोजन पुष्टी हुन नसक्ने गरी रकम लेनदेन गरेको देखिएपछि कारवाहीका लागि सरकारको पक्षबाट मुद्दा दायर भएको हो।

उनीहरूविरूद्ध सम्पत्ति शुद्धीकरणको विषयमा पनि अनुसन्धान जारी छ। जगदम्बा स्टिल्सका सञ्चालक अध्यक्ष शाहिल अग्रवाल, सञ्चालक सुलभ र दीपकले जगदम्बा स्टील्सको लागि लिएको बैंक कर्जा दुरुपयोग गरेको अारोप छ। यसबाहेक दीपकको स्वामित्व रहेको इन्फिनिटी होल्डिङ प्रालि समेतको नाममा विभिन्न कम्पनीको रकम झिकेर गैरकानूनीरूपमा शेयर लगानी गरी कर्जा दुरुपयोग गरेको विषयमा पनि अनुसन्धान जारी छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS