काठमाडौं । पाल्पा सिमेन्ट इन्डस्ट्रिजको आइपीओ बाँडफाँट गरिएको छ। यो आइपीओको बाँडफाँट धितोपत्र बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङमा आज बिहान गरिएको छ।
कम्पनीले गत फागुन १२ गते फागुन १५ गतेसम्म सर्वसाधारणक लागि १०० रुपैयाँ अंकिदरक कुल ४५ लाख कित्ता आइपीओ बिक्री खुला गरेको छ। धितोपत्र बिक्री प्रबन्धकका अनुसार यो आइपीओमा २४ लाख १३ हजार ५१७ आवेदकबाट २ करोड ६३ लाख १० हजार ९७० कित्ता शेयर माग भएको थियो। जसमा २३ लाख ७६ हजार ७०५ आवेदकबाट माग भएको २ करोड ५८ लाख ६२ हजार ४२० कित्ता शेयर सदर भएको थियो।
यो हिसाबले ३६ हजार ८१२ आवेदकबाट माग भएको ४ लाख ४८ हजार ५५० कित्ता बदर भएको थियो। मागभन्दा बढी आवेदन परेका कारण यो आइपीओ पनि गोला प्रथाबाट बाफाँट गरिएको छ। जसमा भाग्यमानी ४ लाख ५० हजार आवेदकले १० कित्ताका दरले शेयर पाएको छ।
यो आइपीओमा १९ लाख २६ हजार ७०५ आवेदकको हात खाली भएको छ।
यो आइपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धकको वेबसाइटका साथै सीडीएससीको मेरो शेयर र iporesult.cdsc.com.np मा हेर्न सकिन्छ।












