काठमाडौं । ओरिएन्टल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो त्रैमास (साउन असोज) नसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको असोजसम्म कम्पनी ३२ करोड ६० लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आर्थिक वर्ष २०८२।८३ को यस अवधिमा पनि कम्पनीले २८ करोड ४८ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।
कम्पनीको समीक्षा अवधिमा शेयर प्रिमियममा १ अर्ब ८८ करोड ७३ लाख रुपैयाँ रहेको छ । महाविपत्ति कोष २९ करोड ८३ लाख रुपैयाँ, रिटेन्ड अर्निङ २९ करोड ८३ लाख रुपैयाँ ऋणात्मक रहेको छ । अन्य इक्विटीमा ९२ करोड ९५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म शेयर प्रिमियममा १ अर्ब ८८ करोड ७३ लाख रुपैयाँ, रहेको थियो ।
चालु वर्षको असोजसम्म कम्पनीले ५२ करोड ९३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ४३ करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन २१ दशमलव २२ प्रतिशतले बढेको हो ।
कम्पनीले समीक्षा अवधिसम्म ३१ करोड ५५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले २८ करोड ८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन २१ दशमलव ३४ प्रतिशतले बढेको छ।
चालु आर्थिक वर्षको असोजसम्म कम्पनीको पुनर्बीमा मार्फत २१ करोड ३८ लाख रुपैयाँ खर्चिएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १५ करोड ५८ लाख रुपैयाँ खर्चिएको थियो ।
कम्पनीको सोल्भेन्सी मार्जिन रेसियो २ दशमलव ७३ प्रतिशत रहेको छ ।











