काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले ओपनएआईको एउटा कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले अस्ट्रेलियाली सरकारी वेबसाइट ह्याक गरेको गरेको बताएका छन्।
एआई एजेन्टले अस्ट्रेलियाको विश्वव्यापी स्वास्थ्य सेवा योजना मेडिकेयरसँग सम्बन्धित ‘गैरसंवेदनशील’ डाटा भएको तथ्यांक पोर्टल ह्याक गरेको हो। अल्बानिजका अनुसार यो घटना जुनमा भएको थियो तर ओपन एआईलाई अगस्टमा यसका बारेमा थाहा भयो र सेप्टेम्बर १० सम्म सरकारलाई जानकारी गराएन।
ओपनएआईले कुनै पनि बिरामीको रेकर्ड पहुँच गरिएको विश्वास नगरिएको जनाएको छ। अल्बानिजले ओपन एआईका सीईओ साम अल्टम्यानसँग घटनाका बारेमा ‘धेरै स्पष्ट कुराकानी’ गरेको बताए।
अस्ट्रेलियाको साइबर सुरक्षा एजेन्सीले उल्लंघनको अनुसन्धान गरिरहेको छ। अल्बानिजले भने यसलाई ‘अस्वीकार्य’ भनेका छन्।












